Tuesday, November 30, 2010

भारतलाई प्रधान शत्रु मान्ने कुनै निर्णय भएको छैन

 मंसिर ३ , काठमाडौं,  माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हालै सम्पन्न पार्टीको छैटौं विस्तारित बैठकमा भारतलाई प्रधान सत्रु मान्ने कुनै प्रस्ताव नआएको दाबी गरेका छन् । मंगलवार रिपोटर्स क्लबद्वारा  आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो दावी गरेका हुन ।
भारतलाई प्रधान सत्रु मान्ने भनेका होइनौ, बुझाइमा फरक परेकोमात्र हो,  उनले भने, 'हाम्रो पार्टीले भारतलाई प्रधानसत्रु मानेको पनि छैन, त्यस्तो कुनै प्रस्ताव पनि आएको छैन ।' शान्ति र संविधान निर्माणमा अवरोध गरिए भारतीय विस्तारबादसँग पनि लडने मात्र भनेको उनले स्पस्ट पारे । 'विस्तारित बैठकले राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, अखण्डताको लागि कुनै पनि षडयन्त्र भए त्यसलाई असफल पार्न विस्तारबाद र हस्तक्षेप विरुद्ध संघर्ष गर्ने मात्र भनेको हो  । त्यसैगरी उनले पालुङटारमा सम्पन्न विस्तारित बैठकले शान्ति र संविधानको सुनिश्चितताको लागि दवाव मुलुक संघर्ष अगाडि बढाउने, गतिरोध अन्त्यको लागि तिब्र रुपमा छलफल गर्ने निर्णय मात्र गरेको बताए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्