Tuesday, November 30, 2010

ट्याक्सी ब्याबसायिको आन्दोलनले राजधानीमा सड़क अबरुद

 मंसिर १५, काठमाडौ, केही दिन एता अनियमित ढंगले यात्रुबाट भाडा असुल गरेकोमा ट्याक्सीलाई प्रहरीले कारवाही प्रक्रिया तिव्र पारेको छं . तेहि विरोधमा ट्याक्सी चालकहरुले आज बुधबार राजधानीको विभिन्न स्थानमा बाटो अवरुद्ध पारेका छन् । ट्याक्सी चालकहरुले दरवारमार्ग, पुतलीसडक, मैतीदेवी लगायतका स्थानमा गरेको अवरोधले त्यस भेगको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
ट्याक्सी चालकहरुले मिटर बाहेक पनि यात्रु ओसार पोसार गर्न पाउनुपर्ने माग राखेका छन् । अनियमित तवरले तोकिएको भन्दा बढी भाडा असुली गरेको गुनासो बढेपछि राजधानीमा ट्राफिक प्रहरीले ट्याक्सीलाई कारवाही गर्ने अभियान केही दिन यता चलाएको छ । ट्याक्सी चालकहरुले दरवारमार्गस्थित प्रहरी प्रभागमा नारावाजी गरेका छन् । दरवारमार्गमा सडकमा ट्याक्सी जम्मा पारेर बाटो अवरोध गरिएको छ । ट्याक्सीमा चढेका यात्रुलाई जबरजस्ती ओरालिएको छ । आन्दोलन नियन्त्रण गर्न र बाटो खुलाउन त्यस भेगमा प्रहरीको सक्रियता देखिएको छैन ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्