१५ मंसिर , काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक यातायातका साधनमा भाडा वृद्धि गर्न ब्याबसयी र मंत्रालय बिच भएको सम्झौतालाई अख्तियार दुरुपयोग आयोगले रोक लगाएको छ । व्यवसायीले मनपरी भाडा वृद्धि गरेको उजुरी परेपछि अख्तियारले बुधबार श्रम तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभाग, र यातायात व्यवसायी महासंघका प्रतिनिधिलाई अख्तियारमा नै बोलाई भाडा वृद्धि रोक्न निर्देशन दिएको हो ।
अख्तियारका प्रवक्ता ईश्वरीप्रसाद पौड्यालले यातायातको भाँडा हचुवाको भरमा वृद्धि गरिएको पाइएकाले तत्काल रोक्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए । इन्धनको मूल्य वृद्धिको अनुपात हेरेर यातायात व्यवसायीले ३५ प्रतिशतसम्म भाडा वृद्धि गर्न पाउने प्रावधान छ । तर, यसपटक व्यवसायीले इन्धनको मूल्य वृद्धि नै नभई १३ प्रतिशतसम्म भाडा वृद्धि गरेका थिए । सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि नगरी नै यातायात व्यवसायीले भाडा बढाएपछि रोक्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चले अख्तियारमा उजुरी गरेको थियो ।

अख्तियारका प्रवक्ता पौडेलले भाडा वृद्धिबारेमा विस्तृत अनुगमन गर्न उच्चस्तरीय समिति बनाउन मन्त्रालयलाई निर्देशन दिएको बताए । अख्तियारले विशेष समिति बनाई भाडा वृद्धिको विषयमा अनुगमन गर्न पनि मन्त्रालायलाई निर्देशन दिएको छ । अख्तियारले सरकारलाई भविष्यमा सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्दा सार्क राष्ट्रका मुलुकमा अपनाइएको पद्धतिअनुसार गर्न समेत निर्देशन दिएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्