Wednesday, December 1, 2010

बिशेस समिति शाचिवालयले एक महिना भित्र आफ्नो काम पूरा गर्ने तयारी

 मंसिर १६, काठमाडौ,   मुलुक माँ धेरै अन्धकारका बाफजुध पनि   माओवादी लडाकुको 'कमान्ड  अफ कन्ट्रोल' गर्न गठित विशेष समिति मातहतको सचिवालयले एक महिनाभित्रै नेपालका लागि राष्ट्रसंघीय मिसन (अनमिन) को स्थान लिने गरी आफ्नो तयारी अगाडि बढाएको छ ।
नवनियुक्त संयोजक बालानन्द शर्माले बुधबार सचिवालय बैठक राखेर अनमिनले गर्दै आएको अनुगमन र रेखदेखको समेत जिम्मेवारी लिने गरी कार्ययोजना तयार पारेका हुन् । 'अबको डेढ महिनामा अनमिन जाने निश्चित भइसकेको छ । त्यसैले जनशक्ति भर्ना र भौतिक पूर्वाधारमा स्वीकृति आए एक महिनाभित्रै शिविरहरूको रेखदेख र अनुगमनको जिम्मेवारी लिने गरी कार्ययोजना तयार पारिएको छ,' संयोजक शर्माले कान्तिपुरसित भने । कार्ययोजनामा अन्य सदस्य सहमत भएको र माओवादीतर्फका सदस्य चन्द्रप्रकाश खनालले प्रस्तुत खाकाबारे पार्टी सुरक्षा तथा समायोजन ब्युरोमा छलफल गरेर धारणा दिने बताएको शर्माले जनाए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्