Thursday, December 2, 2010

माओबाधिको पैठक कुरा नमिले पछि फेरी सरयो

 मंसिर १७ , काठमाडौँ,  माओवादी केन्द्रीय समितिको बैठक आज लगातार दोस्रो दिन पनि  तयारी नपुगेको' भन्दै   स्थगित भएको छ ।  पालुङटार बैठकमा छलफल गरिएका तीन वटा दस्तावेजलाई एउटै बनाएर तत्कालीन कार्यनीति बनाउन आज बिहान अध्यक्ष पुष्पकमल दाहालको निवासमा पदाधिकारी बैठक बसेको थियो।
बैठकमा सहमति हुन नसकेपछि एक बजेका लागि सारिएको हो . केन्द्रीय समितिको बैठक एक साताका लागि स्थगित गरिएको भानी पनि टेस्को टुंगो अझै लागेको छैन . । एकीकृत माओवादीका कार्यालय सचिव ध्रुव अधिकारीले मंसिर २८ गतेसम्मका लागि बैठक सारिएको नागरिक न्युजलाई बताए। पालुङटारमा भएको छैठौं केन्द्रीय विस्तारित बैठकले अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईका तीनवटा प्रस्तावलाई टुंगो लगाउन नसकेपछि केन्द्रीय समितिलाई जिम्मा दिएको हो। बैठकले सहमति भएका विषयलाई एउटै दस्तावेजमा समावेश गर्ने र सहमति हुन नसकेका बिशयालाई  बहसमा लैजाने  निर्णय गरेको हो।
नमिलेका सैद्धान्तिक विषयहरुलाई कसरी बहसमा लाने भन्नेबारे केन्द्रीय समितिबाट विधि निश्चित गर्ने सहमति भए अनुसार हिजो बस्नुपर्ने  बैठक आजका लागि स्थगित गरिएको थियो। आज पनि तयारी नपुगेको भन्दै बैठक एक सातापछि सारिएको हो।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्