मंसिर १७ काठमांडू, गोप्य अमेरिकी कूटनीतिक दस्तावेज सार्वजनिक गरेर विश्वभर तहल्का मच्चाइरहेको विकिलिक्सका संस्थापक जुलियन असान्जलाई आज बेलायतमा गिरफ्तार गर्न सकिने 'डेली मेल'ले जनाएको छ। स्कटल्यान्ड यार्डका गुप्तचरले जुलियन कहाँ छन् भन्नेबारे पत्ता लगाइसकेको भए पनि इन्टरपोलबाट आवश्यक कागजात कुरिरहेको सो बेलायती पत्रिकाको दावी छ। बलात्कार र यौन दुर्व्यवहारविरुद्ध स्वीडेनमा परेको मुद्दाअनुसार अन्तर्राष्ट्रिय प्रहरी संस्था इन्टरपोलले उनीविरुद्ध विश्वव्यापी रेड कर्नर नोटिस जारी गरेको थियो।
उनी दक्षिणपूर्वी इंग्ल्यान्डमा भूमिगत रहेको अनुसमान गरिएको छ। पत्रिकाका अनुसार स्वीडिस अधिकारीहरुले इन्टरपोलको अरेस्ट वारेन्ट गलत रुपमा नभरेका भए हिजै उनलाई हिरासतमा लिइसकिने थियो। स्कटल्यान्ड यार्डका प्रवक्ताले भने- यदि अन्तर्राष्ट्रिय अरेस्ट वारेन्ट वैधानिक रुपमा जारी गरी हामीलाई दिइयो भने र हामीलाई उनी कहाँ छन् भने पक्कै पनि हामी उनलाई गिरफ्तार गर्नेछौँ । वारेन्टविरुद्ध जुलियनले गरेको पुनरावेदन स्वीडेनको अदालतले हिजो अस्वीकार गरिसकेको छ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्