
(एजेन्सी), म्यान्मामा सेना समर्थित दलले भारी मतले जित हात पारेपछि नजरबन्दमा रहनुभएकी प्रजातन्त्रवादी विपक्षी नेत्री आङसाङ सुकीलाई रिहाइ गर्ने संकेत जुन्ता सरकारले दिएको छ। नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुकीलाई शनिबार मुक्त गरिने सरकारी अधिकारीहरुले बताएका छन्। उहाँलाई विगत दुई दशकमा प्रायः समय नजरबन्दमा राखिएको छ। उहाँको पार्टीले हालै सम्पन्न निर्वाचन बहिष्कार गरेको छ।
निर्वाचन निष्पक्ष नहुने तथा प्रजातान्त्रिक मूल्य र मान्यताअनुरुप नभएको उल्लेख गर्दै एमएलडीपीले चुनाव बहिष्कार गरेको थियो। नाम उल्लेख नगर्ने शर्तमा एक सरकारी अधिकारीले उनका वरिष्ठ अधिकारीहरुले सुकीको रिहाइबारे कुनै निर्देशन नदिएको तर उनीहरु शनिबार उहाँको रिहाइका लागि सुरक्षा बन्दोबस्त मिलाउने तयारीमा छन्।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्