मंसिर १८ काठामांडू, राजनीतिक मामिलासम्बन्धी राष्ट्रसंघीय उपमहासचिव वी लिन पास्कोले शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुर्याउन सबै राजनितिक पार्टीहरुलाई गम्भीर भएर लाग्नु पर्ने बताएका छन् । शनिबार विहान कांग्रेस सभापति सुशिल कोइराला संग उनकै निवास महारागंज को भेटमा पास्कोले छलफल उपयोगी र मैत्रिपूर्ण भएको भन्दै आफूले शान्तिप्रक्रियालाई अझ गम्भीर ढंगले अघि बढाउनु पर्नेमा जोड दिएको बताए ।
भेटमा उनले हालसम्म भएका शान्ति प्रक्रिया उपलब्धीलाई सबै पक्षले अधिकतमरुपमा उपयोग गर्नु पर्ने जोड दिएको र सबै राजनीतिक पार्टीहरु मिल्नुपर्ने कुरा पुन दोहोराएको बताए । भेटमा सहभागी नेता रामशरण महतले अनमिन राख्ने विषयमा छलफल नभएको तर राष्ट्रसंघ अन्तर्गतको कुनै बलियोग निकायले नेपालको शान्पि प्रक्रियालाई अनुगमन गर्ने विषयमा छलफल भएको बताए । करीब आघा घण्टा भएको छलफलमा शान्तिप्रक्रियमा भएको ढिलाईबारे पनि पास्कोले चासो व्यक्त गरेका थिए ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्