मंसिर २२, काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरोधमा बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा बबरमहलस्थित आयल निगम अगाडि प्रदर्शन गरिएको हो ।बिहान ९ बजेदेखि ११ बजेसम्म निगमको कार्यालय अगाडि गरिएको प्रदर्शन र घेराउले निगमको कामकाज प्रभावित भएको थियो ।
तीन दिन भित्र मूल्यवृद्धिको निर्णय फिर्ता नलिए मुलुकभर आन्दोलनको कार्यक्रम घोषणा गरिने राप्रपा नेपालले चेतावनी दिएको छ । मूल्यवृद्धिको विरोधममाँ विद्यार्थीहरुले हिजो र आज त्रिचन्द्र क्याम्पसमाँ ९ बजे देखि १० बजे सम्म आगमन ठप्प गरेका थिए . निगमले सोमबारबाट लागु हुने गरी खाना पकाउने ग्यास प्रति सिलिण्डरमा ७५ रुपैयाँ, मट्टितल, डिजेल र पेट्रोलमा प्रति लिटर ३/३ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्