Saturday, December 11, 2010

रामचन्द्रलाई प्रधान मंत्री मन्ना माओबाधि तयार

मंसिर २६,काठमाडौ,  काँग्रेस सभपति सुशील कोइरालाले रामचन्द्र पौडेललाई प्रधानमन्त्री मान्न माओवादी सकारात्मक रहेको कुरा बताएका छन ।  त्यस विषयमा एमालेसंग कुरा मिलाउनुस अनी हामी सोचुला भनेको छं उनले भने ।  आइतबार रिपोटर्स क्लवबको साक्षात्कार कार्यक्रममा बोल्दै उनले माओवादी प्रतिपक्षमा बस्न तयार रहेको खुलासा गरे । 'रामचन्द्रजीसंगको भेटमा स्वंय प्रचण्डले, तपाई नै प्रधानमन्त्री हुनुस हामीलाई आपत्ती छैन, हामीहरु प्रतिपक्षमा बस्न तयार छौं भन्नुभएको छ,'कोइरालाले भने-'उहाँहरुले एमालेसंग कुरा मिलाउन भन्नु भयो ।' उनले माओवादीको कुरा व्यवहारमा कति लागु हुन्छ त्यो भने हेर्न बाँकी रहेको बताए ।
अर्को प्रसंगमा उनले शान्ति तथा संविधानको प्रक्रियामा आफै व्यवधान गर्ने र जनविद्रोह गर्छु भन्ने माओवादीको कुरा हास्यास्पद भएको बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले विश्वविद्यालय ब्यारेक बनाउने दिएको पछिल्ल्ाो अभिव्यक्ति प्रति असन्तुष्टि व्यक्त गर्दै उनले शान्ति प्रक्रियालाई पूर्णता दिनुको साटो अशान्ति अराजकता फैलाउने कुरा गर्नु उचित नभएको उल्लेख गरे । 'हामी सबै शान्ति र संविधान टुंगोमा लागोस भन्ने चाहेका छौं,'उनले भने-'जसले व्यवधान गर्छ उसैले जनविद्रोको कुरा गर्छ ।'उनले माअेवादीले विगतमा गरेको सहमति र सम्झौता पालन गर्न इम्ाानदारिता देखाउनुपर्ने बताए । पार्टी भित्रको विवाद आपसी छलफल र सम्वादबाट टुङ्गनिे भन्दै त्यस विषयमा उनले बढी टिप्पणी गर्न चाहेनन् । प्रजातान्त्रिक पार्टीमा छलफल हुनु स्वभाविक भएको उनको कथन थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्