Wednesday, December 15, 2010

हिजो देखि हराएको सीता एयरको बिमान दुर्घटना ग्रस्त अबस्थामा फेला पर्यो

 पुस १ काठमाडौ,  बुधबार दिउँसोदेखि हराएको तारा एयरको विमान ओखलढुंगाको श्रीचौर गाविसमा दुर्घटनाग्रस्त अवस्थामा बिहीबार बिहान फेला परेको छ । विमानमा सवार सबैको निधन भएको छ । विमानमा चालक दलका तीन जना सहित २२ जना थिए । उद्धारका लागि प्रहरी र नेपाली सेना घट्नास्थलमा पुगिसकेको छ । स्थानीय स्रोतलाई उदृत गर्दै सुचनले जनाएअनुसार घटनास्थलमा २२ जनाको शव भेटिएको छ । शव क्षतविक्षत अवस्थामा रहेको छ ।
शवहरुलाई संकलन गर्ने कार्यमा सेना र प्रहरी खटिएका छन् । घट्नास्थलमा रहेको सेनाको हेलिकप्टरबाट शवहरुलाई काठमाडौं लाने तयारी गरिएको छ । त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डिआईजी रमेशशेखर बज्राचार्यका अनुसार विमान पालुङ्गे डाँडामा ठोक्किएर दुर्घटना भएको छ । घटनास्थलमा ओखलढुंगाका डिएसपी रामकृपाला साहको नेतृत्वमा प्रहरी टोली उद्धारका लागि पुगेका छन् । घटनास्थलमा विमान टुक्रा टुक्रा भेटिएको छ । तारा एयरको ९ एन एएफएक्स-डीएचसी ६ टि्वनअटर बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा खोटाङको लामीडाँडा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो ।  उडेको ५ मिनेटपछि उक्त विमान सम्पर्क बाहिर गएको थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्