Tuesday, December 14, 2010

सार्वजनिक अपराधको अभियोग लगाएर पूर्व युवराज पारस शाहलाई पोखराको फुलबारी होटलबाट पक्रिए

 मंसिर २८ काठमाडौँ,  नेपाल प्रहरीले सार्वजनिक अपराधको अभियोग लगाएर पूर्व युवराज पारस शाहलाई पोखराको फुलबारी होटलबाट पक्रिएको  छ। प्रहरीले यस्तो अभियोग सामान्य होहल्ला मच्चाउने वा जड्याँहाहरुलाई लगाउँदै आएको छ। चितवनमा गोली प्रहार गरेपछि शाहलाई प्रहरीले पोखराको फूलबारी रिसोर्टबाट नियन्त्रणमा लिएको थियो। पोखराबाट उनलाई हेलिकप्टरबाट चितवन लगी हाल भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले पारसविरुद्ध पक्राउ वारेन्ट जारी गरेलगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई नियन्त्रणमा लिएको नागरिकन्युजकर्मी केपी ढुंगानाले जनाएका छन्। एसएसपी केशव अधिकारीको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको पोखराबाट नागरिकन्युजकर्मी सन्तोष पोखरेलले बताए। गृह मन्त्रालयको निर्देशनमा उनलाई पक्रन ७५ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार भइसकेको थियो। पूर्व युवराज पारसले उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाँई रुबेल चौधरीसँग विवाद हुँदा हवाई फायर गरेका थिए। यसैबीच गृह मन्त्रालयले गठन गरेको छानविन समितिका प्रमुख डिआइजी गंगा पाण्डे अनुसन्धानका लागि चितवन पुगेका छन्।

आजै  काठमांडौ लगायत देशको बिभिन्न ठाऊबाट पारस समर्थित युबा समूह हरुले मसाल जुलुस सहित बाटों अबरोध गरेका छन . राजधानीको बसंतपुर बाट पनि मसाल जुलुस निकालिएको छं .  

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्