Tuesday, December 21, 2010

दुई विद्यार्थी संगठनबीच झडपका कारण त्रिचन्द्र कालेज रत्नपार्क क्षेत्र तनाब

पुस ७ काठमाडौ, राजधानीको त्रीचन्द्र क्याम्पसमा  नेविसंघ र अनेरास्ववियू समर्थित विद्यार्थीहरुले एक अर्काको विरोधमा छुट्टा-छुट्टै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा दुई संगठनबीच झडप समेत भएको छ । प्रदर्शन र झडपले त्रिचन्द्र कलेज क्षेत्र आज बिहान भर तनावग्रस्त बनेको छ ।
झडपमा अनेरास्ववियूका रामकिशोर सिंहलाई चोट लागेको छ । त्रि-चन्द्र क्याम्पसमा भर्ना प्रक्रियाको विषयलाई लिएर दुई दिन अघि दुई विद्यार्थी संगठनबीच झडप भएको थियो । उक्त झडपमा अखिलका  बिद्यार्थी बिरेन्द्र रावल स्ख्त घायिते भएका थिए । उक्त  घाटनालाइ  आधार मानी  प्रहरीले नेविसंघका सुरेशकुमार यादवलाई पक्राउ गरेको छ । आफ्ना समर्थकको रिहाईको माग गर्दै नेविसंघले तथा घटनामा दोषी नेविसंघ रहेको भन्दै दोषीलाई कारवाहीको माग गर्दै अनेरास्ववियूले प्रदर्शन गरेको हो । प्रदर्शनका कारण घण्टाघर, रत्नपार्क क्षेत्रमा  बाटो अवरुद्ध भएको थियो । दुई पक्षबीच स्थिति बिग्रीन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ.


No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्