Wednesday, December 22, 2010

अनमिन राख्न प्रचन्डले ठुलो कसरत गर्दै

पौष ८,काठमाडौं, एकीकृत माओवादीले संयुक्त राष्ट्रसंघीय मिसन अन्मिन को म्याद आगामी जेठ १४ गतेसम्मका लागि म्यद थप गर्न राष्ट्रसंघको सुरक्षापरिषद्का स्थायी प्रतिनिधि मुलुकहरुसँग आग्रह गरेको छ. पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास नयाँबजारमा सुरक्षापरिषद्का स्थायी प्रतिनिधि रहेका पाँचवटै मुलुकका राजदूतहरुसँग सो आग्रह गर्नुभएको हो।
बुधबार बिहान राजदूतहरुसँग भएको छलफलमा अध्यक्ष प्रचण्डले नेपालको शान्तिप्रकि्रया नटुंगिएको भन्दै  अन्मिन नेपालमा रहनुपर्ने जिकिर  गर्नुभएको थियो। गत सोमबार बसेको माओवादी पदाधिकारीहरुको बैठकले शान्तिप्रक्रिया सम्पन्न नभइन्जेलका लागि अन्मिनलाई नेपालमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो। सन् २००७ देखि नेपालमा सेना तथा हातहतियारको सुपरिवेक्षणकारी भूमिकामा अन्मिन रहँदै आएको छ। प्रचण्डको आग्रहप्रति राजदूतहरुले अन्मिन नेपालमा रहनुपर्ने औचित्य पुष्टि गर्न आग्रह गर्नुभएको माओवादीनिकट स्रोतले जनाएको छ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्