Monday, December 27, 2010

माओबाधिले फ्याकेको हरियो घासमा नेताहरु अल्झिए

पुस १३,  एमाले नेता  केपी ओलीले माओवादीले हरियो घाँस देखाएपछि शिर्ष नेताहरु त्तेही घासमा अल्झिने गरेका कारण संविधान निर्माण र शान्ति प्रकृया जटिल मोडमा पुगेको बताएका छन् । प्रेस चौतारी सप्तरीद्वारा मंगलबार बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले तीन दलका शिर्ष नेताहरुकै कारण देशमा समस्या उत्पन्न भएको बताए ।
माओवादीले हरियो घाँस देखाएपछि कांग्रेस र एमालेका शिर्ष नेताहरु अल्झिने गरेका छन्' ओलीले भने, 'माओवादी संविधान निर्माण र शान्ति प्रकृयाप्रति इमान्दार छैन, अरुलाई पनि सकृय हुन दिइरहेको छैन् ।' माओवादीको लडाकु र हतियार कायमै राख्ने प्रवृतिले देशलाई तानाशाहीतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै उनले माओवादीको प्रलोभनमा परेर प्रमुख दलका मुख्य नेताहरु समाधान गर्नुको बदला व्यवधान बनिरहेको टिप्पणी गरे ।राष्ट्रसंघीय मिसन (अनमिन) को म्याद थप्न नहुनेमा जोड दिंदै उनले अनमिनको बिदाई गरेपछि संयन्त्र बनाएर बिशेष समितिको मातहतमा लडाकुलाई राख्नुपर्ने कुरामा ओलिको जोड थियो ।  

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्