Saturday, December 25, 2010

सेना समायोजन बिशेस समितिको एक टोली आज चितवनमाँ

पुस ११ चितवन , लडाकु समायोजन तथा ब्यबस्थापन गर्न गठित सेना समायोजन बिशेष समितिको टोली आज शक्तिखोर स्थित माओवादी लडाकुको तेस्रो डिभिजन शिविरमा आएको छ .
शनिबार बेलुका चितवन आइपुगेको टोलीले शिविरमा रहेका लडाकुहरुसंग आइतबार अन्तक्रिर्या गर्नेछ । लडाकुको धारणा बुझ्न बिशेष समिति माताहतका सचिबालय संयोजक बालानन्द शर्मा सहित समितिका सबै १२ जना सदस्य आएका छन् । टोलीले अनमिनको बर्हिगमनपछि लडाकु समायोजन, ब्यबस्थापन र पुर्नस्थापना कार्यमा के कस्तो असर पर्छ भन्ने बारेमा लडाकुको धारणा बुझ्नेछ । टोलीमा सहभागी सदस्य दिपक भट्टले कान्तिपुरसंग भने,'अनमिनको म्याद थप नभएको र दलहरु बीच बिबाद बढेको बेला लडाकुको आफ्नै धारणा महत्वपूर्ण हुन्छ ।' अनमिन गएपनि समायोजन प्रक्रियामा लडाकुलाई सजिलो वा असजिलो लाग्ने बिषयमा टाेलीले लडाकुको धारणा बुझ्ने उनले जानकारी दिए । टोलीसंग समितिका सदस्य बाहेक शिविरमा अन्य बाहिर ब्यक्ति, संचारकर्मी र पार्टीका प्रतिनिधीलाई प्रबेश निषेध गरिएको डिभिजन स्रोतले जनाएको छ । छिटो सेना समायोजन गर्न र अनमिन नभएपनि हुने कार्यका बारेमा टोलीसंग जानकारी लिने डिभिजन प्रबक्ता जनक बिष्टले बताए । सधैंभरि शिविरमै थन्किन त हामीले चाहेकै छैनौं, उनले भने,'तर न्यायसंगत तरिकाले समायोजन होस भन्ने हाम्रोा चाहना हो ।' टोली समक्ष डिभिजन अन्तर्गतका बि्रगेड तहका कमाण्डर लगायतले आआफ्नो धारणा राख्ने प्रवक्ता बिष्टले जानकारी दिए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्