Thursday, December 23, 2010

पाल्पमा भएको जिब दुर्घटनामा ५ जनको मृत्यु

 पुस ९ पाल्पा,  आज बिहान सीद्धार्थ राजमार्गको वुटवल-तानसेन सडक खण्डमा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । गुल्मीको तुराङ्गबाट वुटवल हिडेको जीप विहान ४ बजे मस्याम गाविसको केरावारीमा दुर्घटना हुंदा ३ जना घाइते भएका छन् ।
लु १ च ३६६९ नम्वरको निजी जीप दुर्घटनामा परि चालक सल्यान हिवाल्चा, ५ का शेरबहादुर थापा, गुल्मीको तुराङ्ग गाविस, ४ का ६८ वर्षीया धनबहादुर बस्नेत, सोही गाविसका ५२ वर्षीया दिलबहादुर रजाली, सोही गाविस वडान १ निवासी ४७ वर्षका खगेश्वर अर्याल, सोही गाविसका २४ वर्षीया नारायण खनालको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ . दुर्घटनाग्रस्त जीप राजमार्गबाट १ सय ५० मिटर तल खोलामा पुगेको छ । दुर्घटनामा  घाइते भएका कमल अर्याल र आरती अर्यालको लुम्विनी मेडिकल कलेज प्रभास र देउकला अर्यालको लुम्विनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाइतेको अवस्था सामान्य रहेको बताईएको छ ।  बिहिवार सांझ ९ बजे गुल्मीको तुराङ्ग मझुवाबाट हिडेको जीप विहान ४ बजेतीर केरावारीमा आईपुग्दा दुर्घटना भएको हो । स्थानीय प्रकाश अर्यालका अनुसार दिलबहादुर रजालीको आमा वितेर मधेसतिर किरिया गर्न हिडेका थिए ।


No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्