Saturday, January 1, 2011

उधोग मंत्रिलाई मन्त्रिबाट हटाउन दबाब

१८ पौष, काठमाडौं, तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले उद्योगमन्त्री महेन्द्रराय यादव र उद्योग राज्यमन्त्री दानबहादुर चौधरीलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।
तमलोपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले आइतबार विहान प्रधानमन्त्री माधबकुमार नेपाललाई बालुवाटारमा भेतेर  यादव र चौधरीद्वयले अलग्गै पार्टी गठन गरी संसद सचिबालयमा दर्ता गराएकोले पदमुक्त गर्न आग्रह गरेका हुन् । पार्टी अनुशासन विपरित काम गरेकोले यादव र चौधरीलाई मन्त्रिमण्डलबाट हटाउन प्रधानमन्त्रीसँग आग्रह गरेको र प्रधानमन्त्री सकारात्मक रहेको भेटपछि नेता बृजेशकुमार गुप्ताले पत्रकारहरुलाई जानकारी दिनुभयो । पार्टी संस्थापन पक्षसँग असन्तुष्ट यादवले चौधरीलगायतका ९ जना सभासदलाई समेटेर तराई मधेस लोकतान्त्रिक पार्टी (नेपाल) गठन गर्नुभएको थियो

1 comment:

  1. really good nepali language blog(nepalihalkhabar) i like this

    pls freind
    i make a nepal tourism blog pls all
    Pls Review my this blog i need suggest http://itsnepal.blogspot.com

    hope i will find ur suggestion

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्