पुस २७ काठमाडौं, साउदीमा बिमा कम्पनीले मृतक नेपाली कामदारका आफन्तलाई उपलब्ध गराएको क्षतिपूर्ति रकम निजी खातामा राख्दै आएका नेपालका लागि साउदी राजदूत हमिद अन्सारीलाई उक्त कार्यमा दूतावासमा कार्यरत साउदी नागरिक अहमद वसिद मुसाले सघाएको त्यहाँस्थित पीडितका एक आफन्तले जनाएका छन्।
मुसा साउदीस्थित नेपाली दूतावासमा स्थानीय कर्मचारी (लोकल स्टाफ) का रूपमा कार्यरत छन्। दूतावासमा मुसालाई त्यहाँ मृत्यु भएका नेपालीको सामान्य सूची बनाउने जिम्मेवारी दिइएको छ। तर उनलाई राजदूत अन्सारीले हातखुट्टा भाँचिएकादेखि मृत्यु भएकाका परिवारलाई दिइने क्षतिपूर्ति बुझ्न आफूसँगै लैजाने गरेको पीडितका एक आफन्तले साउदीबाट फोनमा नागरिकलाई बताएका छन्। उनीहरूका अनुसार कहिलेकाहीँ त उनी आफैं रकम बुझेर राजदूतको खातामा जम्मा गरिदिने गरेका छन्। 'पैसा आउने सबै काममा अन्सारीले मुसालाई दौडाउँछन्,' नाम नछापिदिन अनुरोध गर्दै साउदीबाट टेलिफोन गरी पीडित परिवारका ती आफन्तले भने, 'राजदूत र मुसाले भागबन्डा गरेर क्षतिपूर्ति रकम लिने गरेका छन्।' अन्सारीको समाचार सार्वजनिक भएपछि थुप्रै पीडित परिवारका आफन्त क्षतिपूर्ति लिन दूतावास पुगेको उनले बताए। तर, राजदूतले 'मलाई कसैले केही गर्न सक्दैन' भन्दै सबैलाई फिर्ता पठाइदिएको उनले जानकारी दिए। पीडित परिवारका आफन्तका अनुसार क्षतिपूर्तिका विषयमा कुरा गर्न जाँदा श्रमसहचारी र दूतावासका लेखापालसँग भेट्न नदिई राजदूतले मुसासँग मात्र कुराकानी गर्न लगाउने गरेका छन्। 'राजदूत अन्सारी र मुसाको यहाँस्थित निजी बैंक खाता चेक गरे सबै कुरा प्रस्ट हुन्छ। उनीहरूले सयौंको क्षतिपूर्ति आफ्नो निजी खातामा राखेका छन्,' उनले भने। मुसाको विषयलाई लिएर राजदूत र दूतावासका अन्य कर्मचारीबीच विवाद बढेको पनि ती आफन्तले बताए। पीडित परिवारका आफन्तका अनुसार उमेर हदबन्दीका कारण निवृत भईसकेका मुसाको समयावधि थपी दूतावासमा राखेकाले विवाद बढेको हो। ५८ वर्ष नाघि सकेको मुसालाई राजदूतले दूतावासमा राखिरहेको उनले बताए।
saabhaar : naagarik news

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्