Tuesday, January 11, 2011

पौडेल को उमेदवारी फिर्ता लिन आग्रह गर्दै प्रधान मंत्रीको पत्र

पुस २८ काठमाडौँ, आज हुने प्रधानमन्त्री निर्वाचनमा रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री माधवकुमार नेपाल र नेता केपी ओलीले काँग्रेसलाई आग्रह गरेका छन्। प्रधानमन्त्रीको सन्देश लिएर उनका सल्लाहकार रघुजी पन्त काँग्रेस नेताहरुको बैठक भइरहेको स्थल कोइराला निवास गएका थिए।
त्यसैगरी वर्तमान गठबन्धन कायम राख्‍नुपर्ने पक्षमा रहेका एमाले नेता केपी ओली काँग्रेसको बैठक स्थलमा गई सभापति सुशील कोइरालालाई भेटेका छन्। भेटमा ओलीले सहमतिका लागि हाललाई उम्मेदवारी फिर्ता लिई चक्रीय प्रणालीमा जाने विषयमा छलफल गर्न प्रस्ताव राखेको बताइएको छ। नेपाल-ओली पक्षले एमाले संस्थापन पक्षलाई पौडेलको पक्षमा मतदान गर्ने गरी निर्णय गर्न केन्द्रीय कमिटीको बैठक तत्काल बोलाउन हिजोको स्थायी समिति राखेको प्रस्ताव अस्वीकार भएको थियो। यस्तो अवस्थामा  मतदान भए पूर्व निर्णय अनुसार  एमालेले विपक्षमा मतदान गर्नुपर्ने हुन्छ। माओवादी र एमालेले विपक्षमा मतदान गरे पौडेलको विपक्षमा बहुमत हुन गई उम्मेदवारी खारेज हुने अवस्था छ। काँग्रेसले उम्मेदवारी फिर्ता लिने कि नलिने भन्ने विषयमा औपचारिक निर्णय गर्न बाँकी छ। 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्