Monday, January 24, 2011

गोरखाको ताप्लेमा बस दुर्घटना ५ जनाको मृत्यु

माघ ११ गोरखा , गोरखाको ताप्ले गाविसस्थित कटुसघारीमा बस दुर्घटना भएको छ। उक्त बस दुर्घटनामा पाँच जना यात्रुको मृत्यु भइसकेको छ। ना २ ख ७२५१ नं. को उक्त बस गोरखा सदरमुकामबाट बिहान ११ बजे घ्याम्पेसालका लागि छुटेको थियो। मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान छ। घाइतेहरुको सङ्ख्या एकिन छैन। घाइतेहरुलाई उपचारका लागि सदरमुकाम ल्याउने क्रम जारी छ। घटनास्थल गोरखा सदरमुकामबाट करिब दुई घन्टाको पैदल दूरीमा पर्छ। घ्याम्पेसालचाहिँ सदरमुकामबाट करिब ४ घन्टाको दूरीमा पर्छ। कोखेआले र गोरखा सदरमुकामबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ। घटनास्थल भिरालो र धापयुक्त अली अप्ठेरो  छ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्