Tuesday, February 1, 2011

एमाले केन्द्रीय समिति बैठक सुरु

 माघ १८ काठमाडौ, प्रधानमन्त्री निर्वाचनमा उम्मेद्वारीबारे निर्णय गर्न एमाले केन्द्रीय समितिको बैठक  पार्टी मुख्यालय बल्खुमा जारी छ ।सहमतीय सरकार निर्माण गर्ने दलहरूको प्रयास करिब समाप्त भएपछि एमाले केन्द्रीय समितिको बैठक बसेको हो ।बैठकमा दलहरुबीच यसअघि भएका वार्ता प्रक्रियाको अध्यक्ष महासचिव लगायतले बि्रफिङ गर्ने र त्यसपछि केन्दि्रय सदस्यहरुको राय लिने कार्यक्रम छ ।कुनै अर्को दललाई समर्थन गर्नेभन्दा बहुमतीयकै लागि उम्मेदवारी दिने निर्णय गर्ने तयारी छ ।बैठकले पार्टीका तर्फबाट अध्यक्ष झलनाथ खनालले उम्मेद्वारी दिने निर्णय गर्ने  नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री निर्वाचनका लागि संसद्मा बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । नेपाल-ओली पक्षधर केन्द्रीय सदस्यहरूले भने सहमति नभएको अवस्थामा बहुमतीय सरकारका लागि फेरि एमालेले दाबी गर्न नहुने धारणा बैठकमा राख्ने तयारी गरेका छन् । 'अहिलेकै गठबन्धन कायम राख्नुपर्छ, त्यसका लागि नैतिक रूपमा कांग्रेसलाई समर्थन गरेर जानुपर्छ, हामीले नेतृत्व दाबी गर्न मिल्दैन भन्ने कुरा राख्छौं,' ओलीनिकट एक केन्द्रीय सदस्यले भने । यसअघि केन्द्रीय समिति बैठकले सहमति नजुटेको अवस्थामा अन्य विकल्पबाट भए पनि सरकार निमर्ाण गर्न सकिने निर्णय गरेको थियो । 
साभार :कान्तिपुर 

 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्