Wednesday, February 9, 2011

विशेष समितिको लडाकु समयोजनमा महत्वपूर्ण भूमिका हुन्छ : देउवा

माघ २६  पाल्पा ,  नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन कांग्रेसको सहमति आवश्यक भएको बताएका छन् । उनले कांग्रेसको सहमति विना शान्ति प्रक्रिया निष्कर्षमा नपुग्ने समेत बताए ।
नेपाल प्रेस युनियन पाल्पाले बुधबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले एमाले र माओवादीबीच भएको संझौताले माओवादी लडाकुको समायोजन, शान्ति प्रक्रिया र संविधान निर्माणमा कुनै फरक नपार्ने बताए । विशेष समितिमा रहेका दलहरूको सहमतिमा मात्र लडाकुको समायोजन प्रक्रिया अघि बढ्ने उनले बताए । उनले त्यसमा काँग्रेसको भूमिका महत्वपूर्ण हुने बताए । एमाले माओवादीको गठबन्धन सरकारमा काँग्रेस सहभागी नहुने उल्लेख गर्दै उहाले भने 'माओवादी र एमालेकैबीचमा मारामारी छ, हामी सरकारमा जाने कुरा सम्भव छैन ।' वर्तमान सरकारको आयु कति छ भन्ने पत्रकारहरूको जिज्ञासामा नेता देउवाले भन्नुभयो, 'एमाले र माओवादीबिच सरकार गठन नहुँदै झगडा सुरु भएको छ, बहुमतीय सरकारको भविष्य कति रहन्छ उनीहरुलाई नै सोध्नुपर्छ ।'
प्रधानमन्त्रीका काँग्रेस उमेदवार रामचन्द्र पौडेललाई १६ पटक भोट नहालेकालाई १७ औं पटक भोट हाल भन्न आफूलाई अप्ठेरो परेको उनले बताए । उनले माओवादी र एमालेले आफूलाई समर्थन गर्ने बाचा गरिसकेको खुलासा समेत गरे । उनले जातीय राज्यको विवाद र शासन प्रणालीको मोडल तय गर्ने काम जटिल रहेको बताए ।
 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्