२ फागुन, काठमाडौं , आज प्रेम दिवस, विश्वरभर प्रेमसाटासाट गरी यो दिवस मनाईदै छ । प्रेमीप्रमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । यस अबसरमा खासगरी फूल तथा अन्य उपहारहरु साटासाट गरीने चलन बढ्दो छ । पश्चिमा सँस्कृति भए पनि यस दिवसले नेपालमा पनि स्थान पाइरहेको छ । नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई बिशेष महत्वको रुपमा मनाउने गर्दछन् । बिशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भिड लाग्ने गरेको छ ।
ईसापूर्व २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए । तर पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेब्रुअरी १४ तारिखलाई ‘भ्यालेन्टाईन डे’लाई प्रेम दिवसको रुपमा मनाउने गरिन्छ ।आजको दिन आफुलाई गुलाब को फुल दिएर आफ्नो मनको कुरा ब्यक्त गर्ने हो . गुलाफले व्यक्तिको मनको कुरा अभिव्यक्त गर्छ । सन् १७१६ मा लेडी मेरी वार्टले माग्टेग्युले फूलको भाषालाई टर्कीबाट बेलायत पुर्याएका थिए । त्यसपछि यो फ्रान्स पुग्यो र विस्तारै फूलको सन्देशमा एउटा पुस्तक नै तयार भयो जसमा ८ सयभन्दा बढी सन्देश पाइन्छ । पे्रमी-प्रेमिकाबीच गुलाफको लेनदेन लोकप्रिय छ । आज संसारभरिका अधिकांश प्रेमी आफ्नो प्रेमलाई व्यक्त गर्न गुलाफ प्रयोग गर्छन् । गुलाफको हरेक रंगले बेग्ला-बेग्लै सन्देश दिन्छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्