फाल्गुन १३ - नेपालका लागि अगामी भारतीय राजदूतको रुपमा बरिष्ठ कुटनीतिज्ञ जयन्त प्रसाद छानिएका छन् । यद्यपी बिदेश मन्त्रालयबाट यसको औपचारिक घोषणा हुन भने बाँकी नै छ । स्रोतका अनुसार हालका राजदूत राकेश सुदको कार्यकाल सकिएपछि प्रसादलाई अप्रिलको अन्तिम साता पठाउने निश्चत भइसकेको छ ।
सुदको कार्यकाल मार्चमा सकिंदै छ । केही भारतीय पत्रपत्रिकाहरुले यसअघि राजदूत सुदको कुटनीति नेपाल मामिलामा असफल भएको भन्दै उनलाई फिर्ता गरेर प्रसादलाई पठाउने तयारी गरेको समाचार प्रकाशित गरेको थियो । नेपालको राजनीतिक अबस्था ज्यादै चुनौतीपूर्ण अबस्थामा रहेको बेला राजदूतको रुपमा प्रसाद नेपाली आउने तयारीमा रहेका छन् । दलहरुबीचको बढ्दो असमझदारीका कारण शान्ति प्रकृया र संविधान निर्माणमा अवरोध देखा परेको बेला उनले कार्यभार संहाल्न लागेका हुन् । उनी हाल भारतीय बिदेश मन्त्रालयको बिशेष सचिवका रुपमा काम गरिरहेका छन् । यसअघि उनी अफगानिस्तानका लागि भारतीय राजदूत थिए । सन् १९७६ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेको प्रसादले अल्जेरीया, जेनेभा, ब्रसेल्स र पेरिसका नियोगमा काम गरिसकेका छन् । उनी नेपालका लागि पूर्व भारतीय राजदूत विमल प्रसादका छोरा हुन् । 'यदि जयन्त प्रसाद नेपालका लागि राजदूत छानिएका हुन् भने यो राम्रो छनौट भएको छ' नेपालका लागि पूर्व राजदूत केभी राजनले इकान्तिपुरसंग भने ।
साभार : kantipure

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्