काठमाडौं, २७ फागुन, हिजो केन्द्रीय कारागारमा भएको गोलीकाण्डपछि नयाँ सुरक्षा रणनीति बनाउन केन्द्रीय सुरक्षा समितिको बैठक आज शुक्रबार बस्दैछ । प्रधानमन्त्री झलनाथ खनालले अपरान्ह साढे ४ बजे बैठक आह्वान गर्नु भएको हो । गृहमन्त्री नभएको सुन्या अवस्थामा बिग्रदो सुरक्षा अवस्थालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे बैठकमा छलफल हुने छ । समितिले सुरक्षा संयन्त्र चुस्त दुरुस्त पार्न निर्देशन दिने बताईएको छ । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको उपस्थिति रहने जनाईएको छ ।
नक्कली मुद्रा कारोबारको अभियोगमा एक वर्षदेखि थुनामा रहेका नेश्नल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुस अन्सारीलाई हिजो भारतीय नागरिक जसजीत सिंहले कारागार भित्रै गोली हानी घाइते बनाएका थिए । अन्सारीको थापाथालीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले सुरक्षामा लापरबाहीका कारण भारतीय नागरिक हतियारसहित कारागार प्रवेश गरेर गोली हान्न सफल भएको स्वीकारेको छ । गोली काण्डबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिनादहतई सुरक्छ्या भएको ठाउमा त नागरिक को सुरक्षा छीना भने अरु ठाउको हालत के होला .

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्