३ मार्च, जापान , गत शुक्रबार जापानमा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण अहिलेसम्म कुनै पनि नेपालीको मृत्यु नभएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ । जापानको परराष्ट्र मन्त्रालयको आकस्मिक शाखासँग नियमित सम्पर्कमा रहेको जानकारी दिंदै दूतावासले सम्पर्कबिहीन भएका नेपालीहरु पनि धमाधम सम्पर्कमा आइरहेको बताएको छ । ‘नेपाली राजदूतावास जापान सरकारको परराष्ट्र मन्त्रालयमा स्थापित आकस्मिक शाखा सँग निरन्तर सम्पर्कमा रहेको र त्यहांबाट प्राप्त सूचनाको आधारमा हालसम्म कोही नेपाली हताहत भएको बुझिएको छैन ।’- दूतावासले जारी गरेको बिज्ञप्तीमा भनिएको छ । तारा पानी खोजी कार्य जारी राखिएको कुरा पनी उक्त बिग्याप्तिमा उल्लेख छ .
दूतावासका उपनियोग प्रमुख डा. दुर्गाबहादुर सुबेदीले जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा बिद्युत आपूर्ति बन्द भई संचारसम्पर्क टुटेका कारण सम्पर्कमा नआएका नेपालीहरु क्रमशः सम्पर्कमा आइरहेको जानकारी दिनुभएको छ । नेपाली संघसंस्थासमेतको संलग्नतामा गठित भूकम्प तथा सुनामी प्रभावित/पीडित सहयोग समितिका संयोजकसमेत रहनुभएका सुबेदीले जारी गर्नुभएको बिज्ञप्तीमा मियागी प्रान्तको सेन्दाइ शहरमा साइनो रेष्टुरेन्ट सुनामीले बगाएको तर उक्त रेष्टुरेन्टका प्रोपाइटर रमेश देवान र उहांको परिवार सुरक्षित रहेको जानकारी आएको बताइएको छ । ‘यस्तै इबाराकी प्रान्तमा सम्पर्कमा नआएको भनिएका विद्यार्थीहरु श्रीमती जानकी काफ्ले भण्डारी, राजेश थापा र शिव न्यौपाने तथा सेन्दाइ शहरमा सम्पर्कविच्छेद रहेको भनिएका अरुण दवाडी, भवानी दवाडी, आभा दवाडी, सन्दीप ढुङ्गाना, आशीष आचार्य, कुसुम जोशी र आधार लामिछानेहरु पनि सुरक्षित रहेको र उहांहरु पनि राजदूतावासको सम्पर्कमा रहनुभएको व्यहोरा अनुरोध गरिन्छ ।’दूतावासको बिज्ञप्तीमा भनिएको छ । मियागी प्रान्तको केसानु भन्ने नगरमा रेष्टुरेन्ट व्यवसाय गरि बस्नुभएकासोबन तुलाचन र उहाँकी श्रीमती मीना तुलाचन पनि सम्पर्कमा आएको तर उनीहरुले संचालन गरेको रेष्टुरेन्ट भने सुनामीले बगाएको दूतावासले जानकारी दिएको छ ।

जापानमा आएको महाभूकम्प र सुनामीको क्षति र नेपालीहरुको अवस्थावारे सञ्चार माध्यमहरुलाई यथासम्भव जानकारी गराउने प्रयत्न गरिरहेको भन्दै जापानमा रहेका नेपालीका नेपालस्थित आफन्तलाई आश्वस्त पार्न दूतावासले प्रयास गरिरहेको सुबेदीले जारी गर्नुभएको बिज्ञप्तीमा उल्लेख छ ।
श्रोत बाट साभार
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्