Monday, March 14, 2011

संबिधान सभाको बिबादित ७५ मध्य ४० बुदामा कुरा मिलेको छ

 काठमाडौं,  फागुन ३०, संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको आजको बैठकले संविधान लेखनका ७५ विवादित बुँदा मध्ये झण्डै ४० बुँदामा सहमति जुटाएको छ । सिंहदरबारमा सोमबार विहान बसेको उपसमिति बैठकले हालसम्म भएका सहमतिका बुँदालाई लिपीबद्ध गरेर प्रतिवेदन तयार पारेको उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सहमति भएका बुँदालाई भोली बस्ने संवैधानिक समितिको बैठकमा पेश गरिने उहाँले जानकारी दिनुभयो ।
राज्यको शासकीय स्वरुप, राज्य पुनःसंरचनालगायतका जटिल बुँदामा सहमति जुटाउन अझै बाँकी छ । बाँकी ३५ बुँदामध्ये २० वटा बुँदा भने सहज र छिटो समाधान हुने खालका छन् । उपसमितिको म्याद आज सकिएकोले भोली बस्ने संवैधानिक समितिले म्याद थप्ने नथप्ने निर्णय गर्नेछ । संवैधानिक समितिले विवाद समाधान गर्न मुख्य दलका शीर्ष नेता सम्मिलित उपसमिति गएको १३ गते गठन गरेको थियो । विवाद मिलाउन फागुन मसान्तसम्मको समयसीमा पाएको उपसमितिले १६ गतेदेखि काम थालेको थियो । यसबीचमा उपसमितिको ९ पटक बैठक बसेको थियो ।
उपसमिति संयोजक एवम् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक पटक बैठकमा अनुपस्थित भएकोले काम प्रभावित भएको समिति सदस्यहरुको गुनासो छ । समिति सदस्य माधबकुमार नेपालले थोरै समयमा धेरै काम भए पनि नेताहरुले समय दिन नसकेको बताउनुभयो । यदि नेताहरूले समयको ख्याल गर्ने हो भने जेष्ठमाँ  संबिधान जारी गर्न सकिन्छ . 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्