काठमाडौं, ७ वैशाख, वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यकी श्रीमती मीरा आचार्यको आज ४६ वर्षको उमेरमा बुधबार बिहान काठमाडौँको मोडल अस्पतालमा निधन भएको छ । गत आईतबार मस्तिष्कको पक्षघात भएपछि उपचारका लागि गंगलाल हृदयरोग केन्द्रमा लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई मोडल अस्पताल लगिएको थियो । उपचारकै क्रममा दोस्रो पटक मस्तिष्को पक्षघात भएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।
मुटु रोगका कारण पेसमेकर (कृत्रिम ह्रदय गति उपकरण) जडान गरिएकी आचार्यलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । सोमबारदेखि उनको स्वास्थ्य झन बिगि्रएपछि अमेरिकामा रहेका छोरा त्रिलोक आचार्यलाई काठमाडौं बोलाइएको थियो ।

त्रिलोक काठमाडौं आइपुगेपछि मीरालाई मृत घोषित गरिएको थियो । मीरा कुनै बेला रेडियो नेपालका चर्चित कार्यक्रमको प्रस्तोता पनि थिइन् । हरिवंश आचार्यसँग २०४० सालमा मीराको विवाह भएको थियो । मीराको शव अहिले अस्पतालमा राखिएको छ । त्यहाँ श्रद्धान्जली दिन आफन्त र शुभचिन्तकहरुको भीड लागेको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्