बैसाख १३, काठमाडौं, गण्डकी अञ्चल सम्पर्क कमिटीको आयोजनामा यहि बैसाख ११ गते लोकतन्त्र दिवस तथा नया वर्षको उपलक्ष्यमा परिचयात्मक चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव क. शंकर पोख्ररेल हुनु हुन्थ्यो । कार्यक्रममा बोल्दै क. पोखरेलले भन्नु भयो शान्ति र संविद्यान नै नेकपा एमालेको बर्तमान कार्यनिती हो भन्नु भयो । कार्यक्रममा अगाडी थप्दै उहाले भन्नु भयो एकातिर उग्रवामपन्थी र अर्को तिर यथास्थिती वादी शक्ति छन् यि दुवैलाई घिसारेर शान्ति प्रकृयालाई टुङ्गोमा पु¥याउनु पर्ने हाम्रो मुल कार्यभार हो । उहाँले नेकपा एमालेका लागी प्रधान मन्त्री पद ठुलो होइन ठुलो त देशलाइ स्थायी शान्ति र जनचाहान अनुरुपको संम्विधान बनाउनु नै हो ।
त्यसैले प्रधान मन्त्री पदकै लागी कसै संग झुक्नु पर्ने आवश्यकता नभएको कुरा बताउनु भयो । उक्त कार्यक्रममा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य पृथ्वि सुव्वा गुरुङ, केन्द्रिय सदस्य टुका हमाल, नेकपा एमाले केन्द्रीय सम्पर्क विषेश समन्वय कमिटीको सचिव क. भिष्म अधिकारीले पनि शुभकामना दिनु भएको थियो । कार्यक्रममा केन्द्रीय विभागका सदस्यहरु , गण्डकी अञ्चल सम्पर्क कमिटीका सल्लाहाकार सदस्यहरुको पनि उपस्थिती थियो । कार्यक्रममा गण्डकी अञ्चल सम्पर्क कमिटी अन्र्तगतका सबै जिल्ला कमिटीहरुका पदाधिकारी तथा सदस्यहरुले आफ्नो परिचय सहित एक अर्कोलाई शुभकामना आदन प्रदान गरेका थिए । कार्यक्रम मनमोहन क्याम्पस स्रोहखुट्टेमा भव्य उपस्थितिका माझ सम्पन्न भएको थियो । कार्यक्रम गण्डकी अञ्चल सम्पर्क कमिटीका अध्यक्ष खीम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्