Monday, May 9, 2011

प्रचंड पक्ष र भट्टराई पक्ष मजदुरको घमासान युद

२७ वैशाख, काठमाडौँ,  माओवादी मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको प्रचण्ड पक्षधरले उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय मजदुरमाथि निर्घात कुटपिट गरेका छन् । महासंघको राजधानीस्थित क्यासिनो अन्नपूर्ण इकाइका कोषाध्यक्ष भट्टराई पक्षीय ज्ञानमान डंगोलमाथि प्रचण्ड निकट मजदुरहरुले गएराति मराणासन्न हुने गरी कुटपिट गरेका हुन् । उनीहरूले प्रचण्ड पक्षीय महासंघका पूर्व उपाध्यक्ष बाबुराम गौतमको नेतृत्वमा कल्पदीप राई, नानीकाजी बस्नेत र किशोर खत्री लगायतले डंगोलमाथि अमानवीय तरिकाले हमला गरेको भट्टराई निकट अखिल नेपाल होटल तथा मजदुर संगठनका अध्यक्ष रमेश पन्तले अनलाइनखवरलाई जानकारी दिनु भयो ।
गम्भीर घाइते डंगोलको शरीरै भरी निलडाम र चोटपटक रहेको बताइएको छ । घाइते डंगोलको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।
संगठन विरोधी क्रियाकलापमा लागेको भन्दै पार्टी महासचिव रामबहादुर थापा वादलले सोमबार क्यासिनो अन्नपूर्णका होटल मजदुर संगठनका इकाइ अध्यक्ष कल्पदीप राई, सदस्यद्वय नानीकाजी बस्नेत र किशोर खत्रीमाथि एक वर्षसम्म संगठनको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको विषयमा आन्तरिक सर्कुलर पठाएपछि भएको विवादले झडपको रुप लिएको बुझिएको छ ।
प्रचण्ड पक्षीय महासंघ पूर्वउपाध्यक्ष गौतमले क्यासिनोका मजदुर भेला गरी राई, बस्नेत र खत्रीमाथि पार्टी महासचिवले गरेको कारावाही सत्य नभएको बताएपछि भट्टराई पक्षधरले त्यसाको विरोध गरेका थिए । महासचिवको सर्कुलर कार्यान्वयन गर्नुपर्ने अडान लिएको आरोपमा भट्टराई पक्षधर डंगोललगायत मजदुरमाथि आक्रमण भएको बताइएको छ ।
अध्यक्ष प्रचण्डले मोहन वैद्यसँग मिलेर पालुङटार प्लेनमबाट पारित जनविद्रोहको कार्यदिशा स्थगन गरी शान्ति र संविधानको भट्टराई लाइनमा गएपनि मजदुर लगायतका भातृ संस्थामा भने ति दुई पक्षबीचको भौतिक आक्रमण र प्रत्याक्रमणको घटना रोकिएका छैनन् ।   

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्