Saturday, May 7, 2011

परीक्षा अघि परीक्षा पत्र बाजार माँ आयो

२५ वैशाख, काठमाडौँ ,  उच्च माध्यामिक शिक्षा परिषद् अन्तर्गत कक्षा १२ को जारी परीक्षाको प्रश्नपत्र परीक्षा अगावै परीक्षार्थीका हातहातमा पुगेका छन् । आजका लागि परीक्षा तोकिएको विज्ञान संकायको केमेस्ट्री र व्यवस्थापन संकायतर्फको अर्थशास्त्र विषयको प्रश्नपत्र शनिबार दखि नै बजारमा फोटोकपी गरेर बिक्री भइहरहेका छन् । विद्यार्थीले राजधानीका फोटाकपी पसलहरुबाट ५ देखि १० हजार रुपैयाँसम्ममा प्रश्नपत्र खरिद गरेका छन् ।
यसअघि २१ वैशाखमा विज्ञान संकाय अन्तर्गतको फिजिक्स विषयको पश्नपत्र परीक्षा अगावै बजारमा गएको उच्च माध्यामिक शिक्षा परिषद्ले स्वीकार गरिसकेको छ । परिष्दले सो दिनका सम्पूर्ण परीक्षा रद्ध गरिने बताएको छ । उच्च माध्यामिक विद्यालय संघ (हिसान) का महासचिव युवराज शर्माले पश्नपत्र बाहिरिएको दावी गर्नुभयो ।
तर, परिषदले भने बजारमा प्रश्नपत्र भनेर बाँडिएका फोटोकपी पेपर झूठ भएको भन्दै भ्रममा नपर्न भनेको छ । परिषद् सदस्य-सचिव भीमलाल गुरुङले उमावि शिक्षा परिषद्लाई बद्नाम गराउने नियतले कुनै समूहले नक्कली प्रश्नपत्र तयार गरी विद्यार्थीमा मनोवैज्ञानिक सन्त्रास फैलाएको दावी गर्नुभयो । हिसान महासचिव शर्माले विभिन्न पाँच विषयका प्रश्नपत्र बजारमा बिक्री भइरहेको अनलाइनखवरलाई बताउनुभयो । हिसानले पश्नपत्रको फोटोकपी सार्वजनिक गरी परिषद्लाई चुनौति दिएको छ । परिषद्ले भने ती फोटोकपी नक्कली भएको दावी गरेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्