Saturday, May 7, 2011

पूर्व सांसदले संविधनसभा भवन अगाडि अनशन शुरू गरे

२५ वैशाख, काठमाडौँ , निर्धारित समयभित्रै संविधान जारी गर्न दलहरुलाई दबाब दिने उद्देश्यले पूर्व सांसदहरुको  मञ्चले आजदेखि संविधानसभा भवन अगाडि रिले अनशन सुरु गरेको छ । पूर्व सांसद्हरु नयाँबानेश्वरस्थित संविधानसभा भवनको पश्चिमगेट अगाडि आज बिहानै देखि धर्नामा बसेका छन ।
भद्रदबाब आन्दोलन नाम दिइएको सो अधिवेनशन जेठ १४ सम्म चल्ने बताइएको छ । जनताले संविधानसभालाई दुई वर्षभित्र नयाँ संविधान जारी गर्ने म्यान्डेट दिएपनि दलहरुले मुलुकलाइ नयाँ संविधान दिन नसकेको ठहर मञ्चको छ । थपिएको एक वर्षभित्र पनि संविधान नआउँदा जनतामा असन्तोष बढेकाले दलहरुलाई दबाब दिन धर्ना सुरु गरिएको मञ्चका कार्यबाहक अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले  बताउनु भयो । दलहरु संविधान बनाउनभन्दा सत्ता राजनीतिमा केन्द्रीत भएकाले मुलुक जटिलतातर्फ उन्मुख भएको भन्दै अनसन माँ बस्नु परेको मञ्चको निचोड छ .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्