नेकपा एमाले गण्डकी अन्चल सम्पर्क कमिटी द्वारा आयोजित गण्डकी अन्चल भ्रमण कार्यर्क्रम सम्पन्न भएको छ । कमिटिको योजना अनुसार भर्मण बर्ष सन २०११ लाई सफल पार्ने उदेस्यले गण्डकी अन्चल भित्रका पर्यटकिय क्षेत्रको खोजी गर्ने क्रम मा स्याङ्जाको सीरुबारी तनहुँको बन्दिपुर्, गोर्खा कास्की र लम्जुङ्को भ्रमण सम्पन्न गरेको छ । जेष्ठ ५ गते देखी ८ गते सम्म को भ्रमण कार्यक्रममा सफलता पूर्वक सबै क्षेत्रको भ्रमण सम्पन्न गरेको छ । नेकपा एमाले गण्डकी भरिका सबै जिल्लाहरु सग पनि अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । उक्त आयोजनाले स्याङ्जाको सिरुबारी , तनहुँको बन्दिपुर , गोर्खा दर्बार, लम्जुङ्, मनकामना पोखरा लगायतका धेरै ठाऊको भ्रमण गरेको छ । उक्त भ्रमण टोलिमा लमजुङ्, गोर्खा , तनहुँ, स्यन्जा, कास्की सम्पर्क मन्चका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । उक्त भ्रमण टोलिले त्यस क्षेत्रको बिकासको सम्भावनाहरुको पनि खोजी गरेको छ । उक्त कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड लगायतका सघ सस्थाहरुले सहयोगका साथै एक्यब्दता जनायका थिए । उक्त भ्रमण टोलिमा ७० जनको सहभागइता रहेको थियो . |
| gandaki aviyankaa sahabhagiharu  |
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्