काठमाडौं, जेष्ठ १२ , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ताहरुले संविधानसभा भवन अगाडिको निषेधित क्षेत्र तोडेका छन् । निषेधित क्षेत्रमा राखिएको तारजाली फ्याल्न थालेपछि प्रहरी-प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा दुई प्रहरी र एक प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।
सरकारले संविधानसभा भवनको पूर्वी भागमा निषेधित क्षेत्र घोषणा गरी तारजालीले घेराउ गरेको छ । राप्रपा नेपालले संविधानसभा विघटन गरी ताजा जनादेशको माग गर्दै बुधबारदेखि बीच सडकमै धर्ना सुरु गरेको छ ।
राप्रपा नेपाल, जनजाति, महिला, युवालगायतका दर्जनौं समूहले धर्ना दिएका कारण राजधानीको सवारी ठप्प भएको छ । संविधानसभा भवन अगाडि भएको धर्नाले राजधानीकै सवारी प्रभावित भएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्