Thursday, May 26, 2011

प्रमुख तीन दल को बैठक बस्दै

संविधानसभाको म्याद थपका लागि सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक चलिरहेको छ । शान्ति मन्त्रालयमा जारी बैठकमा नेकपा एमाले, नेपाली काङ्ग्रेस र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु सहभागी छन् । लडाकुको हतियार राखेको कन्टेनरको साँचो कसलाई बुझाउने भन्ने बिषयमा बैठकमा गम्भीर रुपमा छलफल भइरहेको एक नेताले जानकारी दिए । काङ्ग्रेसले कन्टेनरका हतियार नबुझाएसम्म म्याद थपको बिषयमा सरकारलाई सहयोग गर्न नसकिने भन्दै १० बुँदे र्सत अघि सारिसकेको छ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले १४ गतेभित्र हतियार राखेको कन्टेनरको साँचो सरकारलाई बुझाउने प्रतिबद्धता व्यक्त गरेको भएपनि माओवादीकै अर्को खेमा भने तत्काल हतियार बुझाउने पक्षमा नरहेको स्रोतले बताएको छ ।
काङ्ग्रेसका नेताहरुले कम्तीमा कन्टेनरमा रहेका र नेताको सुरक्षाका लागि राखिएका हतियार सरकारलाई फिर्ता गरेमात्र म्याद थपमा सरकारलाई साथ दिन सक्ने बताउँदै आएका छन् । म्याद थप भन्दा अर्को उपाया पनि हामी सग छैना तर किना काटो समयको लागी थप्ने भन्ने कुरा स्प्रस्ट हुनु पर्छ . 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्