Sunday, May 15, 2011

दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले माइन्युट र आफ्नो लुगा समेत च्याते

१ जेठ, काठमाडौं , दलित जनजाति पार्टीका स भासद् विश्वेन्द्र पासवानले आइतबार संवैधानिक समितिको बैठकमा नै  माइन्युट च्यातेका छन् । आइतबार सिंहदरवारमा बसेको समितिको बैठकमा सभापति निलाम्बर आचार्यले बिबाध समाधान उपसमितिको म्याद जेठ १३ गतेसम्म थपिएको निर्णय सुनाएलगतै सभासद् पासवानले निणर्यको माइन्युट च्यातेका हुन् । 
त्यसपछि आचार्यले मार्सल लगाउन आदेश दिएपछि पासवानलाई रोक्न मर्यादा पालक अघि सरेपछि उनले ‘म शान्तिवादी हूँ’ भन्दै आफूले लगाएको सर्ट नै च्यातिदिए । ‘आजको बैठकमा पासवानले तान्डव नृत्य नै देखाए’ समितिका एक सदस्यले भने-’माइन्युट च्यात्नेदेखि आफ्नै लुगा समेत च्याते । बैठकको सुरुमै नेपाः राष्ट्रिय पार्टीका सभासद बुद्धरत्न मानन्धरले आफूहरुको माग सम्वोधन भए-नभएको जानकारी दिन आग्रह गरे । मानन्धरपछि माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, प्रधानमन्त्री झलनाथ खनाल र कांग्रेस संसदीय दलका नेता पौडेलले आफ्नो भनाइ राखेका थिए ।
प्रधानमन्त्री खनालले चार सभासदको मागबारे आफूहरु गम्भीर रहेको भन्दै कार्यदल गठन गर्ने बताए । प्रधानमन्त्रीको भनाइलगत्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरीले मागप्रति प्रमुख दल गम्भीर नभएको भन्दै आक्रोस पोखिन । चौधरीले बोलेपछि बैठक केही समय सुचारु भएको थियो ।
त्यस क्रममा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको विवाद समाधान उपसमितिको म्याद जेठ १३ गतेसम्मका लागि थप गर्ने निर्णय गर्‍यो भने अल्पसंख्यक समूदायका अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनरत चार सभासद्को माग सम्वोधन गर्न सर्वदलीय बैठक बोलाउने र कार्यदल गठन गरी वार्ता गर्ने निर्णय गर्‍यो ।
बैठकको निर्णय सुनाउन लाग्दा समिति सभापति आचार्यको हातबाट पासवानले निर्णय पुस्तिका खोस्दै च्यातेका हुन् । त्यसपछि आचार्यले मार्सल लगाउन आदेश दिएपछि सभासद् पासवानले ‘पत्रकारहरुलाई समेत प्रवेश नदिएको गोप्य बैठकमा सभासद्भन्दा बढी कर्मचारी र पर्यादा पालकलाई किन छिर्न दिइयो’ भन्दै आफैंले लगाएको सर्ट च्यातेका थिए । उनले ‘ल मर्सल लगाएर गोली हान’ भन्दै सभापतिमाथि समेत अपशव्द प्रयोग गरेका थिए । यसअघि पनि पासवानले समितिको बैठक कक्षबाट चार तला मुनि कर्सी फालेका थिए । यस्ता सभासदलाइ कस्तो कारबाही हुन्छ जनताले हेर्न बाकि छ .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्