जेठ २९, काठमाडौ, नेपाल आयल निगमले आज देखि उपभोक्ताको ढाड सेकिने गरी फेरि पेट्रोलको मूल्य बढाएको छ । निगमले आजैदेखि लागू हुनेगरी पेट्रोलको मुल्यमा प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो । एक लिटर पेट्रोल ९७ रुपैयाँमा खरिद गर्दै आएका उपभोक्ताले नयाँ मुल्य अनुसार १ सय २ रुपैयाँ तिर्नु पर्ने छ । आयल निगम प्रवक्ता मुकुन्द ढुंगेलले निगम घाटामा गएकाले उक्त घाटा पूर्तीका लागि मुल्य बढाउन बाध्य भएको दावी गरेका छन । नेपालिहालखाबर सग कुरा गर्दै ढुंगेलले मुल्य बढाएपछि निगमको घाटा प्रतिमहिना १ अरव ३३ करोडबाट घटेर १ अर्व २७ करोड मात्रा बाकी रहने कुरा बताए ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्