सुर्खेत, अषाढ १६, मध्यपश्चिममा दैनिक रूपमा लागुपदार्थ प्रयोगकर्ता पाँचहजार भन्दाबढी रहेको एक तथ्याङ्कले देखाएको छ . लागु औषधको क्षेत्रमा कार्यरत रिकभरिङ नेपालको तथ्याङ्क अनुसार मध्यपश्चिमका सुर्खेत लगायत १५ वटा जिल्लामा दैनिक रुपमा पाँचहजार बढीले लागु औषध प्रयोग गर्छन् । संस्थाका मध्यपश्चिम संयोजक नयनराज रावतले यस क्षेत्रमा १२ वर्षको उमेर देखिनै लागुपदार्थ प्रयोगमा लाग्ने गरेको बताए । सुर्खेत जिल्लाको सन्दर्भमा हरेक एक लाख मध्ये १० हजार युवायुवती कुनै न कुनै प्रकारको लागु पदार्थका दुर्व्यसनी छन् । सुर्खेतमा लागुपदार्थ दुर्व्यसन विरुद्ध क्रियाशील आध्यात्मिक जागरण केन्द्र (सास नेपाल), भैरव सशक्तीकरण युवा केन्द्र लगायतको तथ्याङ्क अनुसार लागुपदार्थ दुर्व्यसनीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । तथ्याङ्क अनुसार आधा भन्दाबढी युवायुवतीले कडा खालको लागुपदार्थ प्रयोग गर्दै आएका कुरा थाहा भएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्