कठमानडौ , 26 निगमका प्रवक्ता मुकुन्द ढुंगेलले डिझेल र मट्टितेलमा गरिएको मुल्यबृद्धि पछि निगमको घाटा ७४ करोड रुपैयाँमा झर्ने अनुमान गरिएको छ । मुल्यबृद्धि नगर्दा घाटा एक अरव रुपैया भन्दा बढि थियो । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा ५/५ रुपैया मुल्य बढाएको छ । शनिबार बसेको संचालक समितिको बैठकले मुल्य बढाउने निर्णय गरेको हो । बढेको मुल्य आइतवारदेखि नै लागु हुनेछ । अव डिजेल र मट्टितेलको मुल्य ७३ रुपैयाँ ५० पैसा पुगेको छ । यसअघि निगमले पेट्रोलको मुल्य बृद्धि गरेको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्