२७ असार, काठमाडौ, काभ्रेको जनागालमा सोमबार बिहान भीषण आगलागी भएको छ । प्रहरीका अनुसार जनागालमा रहेको मायोज चाउचाउको कारखानामा आगलागी भएको हो । बिहान साढे ९ देखि सुरु भएको आगलागी प्रहरी, स्थानीय र कारखानाका मजदुर आगो निभाउने प्रयासमा जुटेपनि आगलागी नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणमा लागि ललितपुर, भक्तपुरका बारुणयन्त्रको सहायता लिइएको छ । काठमाडौँबाट समेत बारुणयन्त्र त्यता पठाइएको छ । आगलागीबारे थप विवरण आउन बाँकी छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्