सिओल दक्षिण कोरिय , नेपाल र नेपाली संस्कृतिबारे जानकारी दिने उदेश्यले दक्षिण कोरियामा रहेको नेपाली राजदूतावासको आयोजना राजधानी सिओलमा एक दिने नेपाल महोत्सवको आयोजना गरिएको छ । जुलाई १० तारिख आइतबार कोरियाका लागि नेपाली राजदूत कमलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न महोत्सवमा कोरिया नेपाल एसोसिएसनका अध्यक्ष ली इन जङ नेपालबाट प्रशिक्षणका लागि कोरिया आउँनुभएका राष्ट्रिय ताइक्वान्दो खेलाडीहरु कोरियामा कि्रयासिल संघ सस्थाका प्रमुखहरु विद्यार्थी, पत्रकार, ब्यवसायी लगायत नेपाली तथा कोरियन दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
‘कला साहित्य प्रकृति सस्कृति र वास्तुकलामा समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ आयोजना गरेको उक्त कार्यक्रमलाई ग्लोवल सेन्टर नेपाल पर्यटन बोर्ड एनआरएन दक्षिण कोरिया र नेपाल कोरिया ब्यापार सघ लगायतका संघ सस्थाहरुले विशेष सहयोग सहित सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रम हेर्न आउँने नेपाली तथा बिदेशी पाहुनाहरुका लागि टि-सर्ट पोष्टर, पम्प्लेट नेपाली खाना तथा कार्यक्रम हेर्ने निःशुल्क ब्यवस्था गरिएको थियो । सउलस्थित हान नदिको किनारमा रहेको अत्यन्त रमणिय यइदे पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपाली संस्कृति झल्काउनका लागि विभिन्न गीत, नृत्य तथा बाध्यवाधन बजाएर आगन्तुक पाहुनाहरुलाई मनोरन्जन प्रदान गरिएको थियो ।
बिशेषगरि नेपाल पर्यटन वर्ष २०११ लाई चिनाउने र नेपाली कला संस्कृति देखाएर सवैलाई नेपाल र नेपालीप्रति आर्कषण बढाउन कार्यक्रम सफल भएको कोरियामा अध्ययनरत नेपाली विद्यार्थी तथा महोत्सवका सञचालिका दृष्टी काफ्लेले बताइन् । यस्ता कार्यक्रममको आयोजनाले नेपालको चिनारी अन्तराष्ट्रिय क्षेत्रमा गराउँनुका साथै नेपालको पर्यटन उद्योगको प्रशस्त संभावनालाई कोरियन सोसाइटी सम्म प्रचार प्रसारको माध्यमबाट पुरआउँने यो एउटा राम्रो अवसर भएको नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनिधी केपी सिटौलाले बताउनुभयो ।नेपाली सम्पर्क समितिका अध्यक्ष डेविट राईले कोरियामा बिभिन्न पेशामा आवद्ध १३ हजार भन्दा बढी नेपालीहरु रहेको बताउँदै कार्यक्रममा ब्यापक सहभागिताको बातावरण तयार गर्न दूतावासले कन्जुस्याई गरेको बताउनुभयो । उहाँले भन्नुभयो–’दूतावासको यो कार्य स्वागत योग्य छ ,
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्