Tuesday, July 12, 2011

पूर्वमा जतातजै बम आतंक

२८ असार, सुनसरी, पूर्वका विभिन्न स्थानमा राखिएका बमका कारण यस क्षेत्रको जनजीवन आतङ्कित बनेको छ । सुनसरीको इटहरीस्थित राजश्व अनुसान्धान कार्यालय पूर्वाञ्चल इकाई र धरानस्थित आन्तरिक राजस्व कार्यालयमा मंगलबार प्रेसर कुकर बम फेला परेको हो । यस्तै जिल्ला विकास समितिको कार्यालय उदयपुर र उदयपुरको तपेश्वरी गाविस-९ स्थित एक क्रसर उद्योगमा मंगबलार नै शक्तिशाली पे्रसर कुकर बम फेला परेको छ ।
खम्बुवान मुक्ति मोर्चा नामक समूहले बम आफूले राखेको दावी गरेको छ । बम भएको स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुर प्रहरीका प्रमुख नायव उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती महावीर एगि्रकेट प्रालिमा राखिएको पााच लिटरको प्रेसर कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रय पारेको जानकारी दिनुभयो ।

स्थानीय सञ्चारकर्मीलाई अज्ञात स्थलबाट टेलीफोन गरी मोर्चाको प्रवक्ता बताउने आकार खम्बुले एकात्मक र केन्दि्रकृत राज्यको अन्त्य गर्दै जातीय स्वायत्तताको आरधारमा खुम्वुवान राज्य स्थापनाका लागि आफूहरुले सशत्रस्त्र युद्ध सुरु गरेको जनाउन दिन बम राखेको दावी गरेका छन् । ती बमहरु नेपाली सेनाको डिस्पोजल टोलीको सहायतामा निस्क्रय बनाउने प्रयास भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्