२ साउन, रौतहट, जाइजो नल्याएको भन्दै पटकपटक परिवारका सदस्यहरुको यातनाको शिकार बन्दै आएकी एक महिलाको रौतहटको चन्द्रनिगाहापुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । चपुर-५ की २१ वर्षीया किरण साहको गएराति आफ्नै घरमा रहस्यमय मृत्यु भएको हो । मृतकका माइती पक्षले उनको मृत्यु सहज नभई हत्या गरिएको दाबी गरेको छ । किरणको तीन महिनाअघि भारतीय फलफुल व्यापारी बुद्धि साहसाग विवाह भएकामा परिवारका सदस्यले दाइजो नल्याएको भन्दै उनलाई यसअघि चरम शारीरिक र मानशिक यातना दिदै आएका थिए ।
हिजो राति खाना खाएर सुतेकी किरणको शव सलले पासो लगाएको अवस्थामा आज बिहान भेटिएको हो । पासो काटिएको अवस्थामा रहेकाले हत्या नै भएको स्थानीयको जिकिर छ । स्थानीयले हत्याको आरोपमा मृतकका श्रीमान र सासुलाई नियन्त्रणमा लिएका छन् । उता यातायात व्यवसायी र मजदुरले हत्यारालाई कारबाहीको माग गर्दै चन्द्रनिगाहापुर-गोर सडकखण्डमा यातायात अवरुद्ध पारेका छन् ।

दाइजोप्रथाले जकडिएको नेपालको तराई क्षेत्रमा महिलाहरुमाथि दैनिकजसो घरेलु हिंसा र कतिपयको हत्या नै हुने गरेको छ । यो वर्ष सुरु भएयता मात्र रौतहटमा १० महिलाको जाइजोका कारण ज्यान गैसकेको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्