काठमाडौं, श्रावण १९ - एमाले सल्लाहकार परिषद अध्यक्ष एवं अनुशासन आयोगका सदस्य सिद्धिलाल सिंहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनालले आगामी साउन २१ बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने निर्णय नमाने विशेष महाधिवेशन बोलाएर अध्यक्ष पदबाट हटाउने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लबको बिहीबारको साक्षात्कारमा सिंहले माओवादी मन्त्रीहरुलाई शपथ नगराउने स्थायी कमिटीको निर्णय बेवास्ता गरेर अध्यक्ष खनालले पार्टीको अनुशासन उल्लंघन गरेको दाबी गर्दै अनुशासन उल्लंघन गर्नेलाई कारबाही हुने दाबी गरे ।
‘पार्टी भन्दा माथि कोही छैन । पार्टीको अनुशासन उल्लघन गर्नेलाई कारवाही हुन्छ,’ उनले भने, ‘झलनाथ खनाल पनि पार्टी भन्दा माथि छैनन् ।’
मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको विशेष अधिकार भए पनि प्रधानमन्त्री पार्टीले नै नियुक्त गरेकोले पार्टीको निर्णय बाहिर कोही पनि जान नसक्ने तर्क उनको थियो ।
सिंहले आगामी केन्द्रीय कमिटी बैठकले अध्यक्ष खनालले पार्टी निर्णयको उल्लंघन गरेको विषयमा गम्भीरतापूर्वक छलफल गरेर सरकारबाट फिर्ता बोलाउने सम्मको निर्णय गर्ने दाबी गरे ।
यसअघि अध्यक्ष खनालले आफ्नो प्रतिकुलतामा केन्द्रीय कमिटिको बैठक सार्दै आएकोले यसपटक पनि बैठक सर्न सक्छ त भन्ने जिज्ञासामा सिंहले यसपटक केन्द्रीय कमिटी बैठक र संसदीय दलको कुनै पनि बैठक नसर्ने र अध्यक्षले सार्न पनि नसक्ने ठोकुवा गरे । ‘यसपटक केन्द्रीय कमिटिको बैठक सर्न सक्दैन,’ उनले दाबी थियो ।
अध्यक्ष झलनाथ खनालले पटक–पटक पार्टीको निर्णय उल्लंघन गर्दै आएकोमा पार्टीले कारबाही गर्न नसकेको प्रसङ्गमा केन्द्रीय कमिटीको बैठकले कारवाहीको निर्णय गर्ने विश्वास ब्यक्त गर्दै उनले भने, ‘अहिले नपत्याउनुस् केन्द्रीय कमिटीले निर्णय गर्छ अनि पत्याउनुस् ।’

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्