१९ साउन, कोरिया , दक्षिण कोरियाली सरकारले लामो समयपछि तल्लो तहका विदेशी एवं स्वदेशी कामदारको तलब वृद्धि गर्ने भएको छ । लामो समयको गृहकार्य र जनदबाबपछि कोरिया सरकारले तल्लो तहका विदेशी तथा स्वदेशी कामदारको तलब बढाउने निर्णय गरेको हो । यो निणर्यसँगै साना तथा मझौला उद्योगमा तल्लो तहमा कार्यरत नेपाललगायत अन्य विदेशी कामदारको तलव आगामी सन् २०१२ बाट मासिक तलब ६ प्रतिशले वृद्धि हुने भएको छ । सरकारको न्यूनतम तलब परिषद् -एमडब्लुपी)को १३ औं बैठकले प्रतिघन्टा ४ हजार ३ सय २० वनबाट २ सय ६० वृद्धि गरेर ४ हजार ५ सय ८० वन पुर्याउने निर्णय गरेको हो । सन् २०१२ देखि प्रतिहप्ता ४० -प्रतिमहिना २ सय ९) घन्टा काम गर्ने विदेशी कामदारले ९ लाख ५७ हजार २ सय २० वन अर्थात् लगभग ६५ हजार रुपैयाँ पाउनेछन् ।
९० प्रतिशतभन्दा बढी विदेशी कामदारले सरकारले निर्धारण गरेभन्दा धेरै तलब पाउँदै आएका छन् । परिषद्ले मूल्यवृद्धिलाई मध्यनजर गर्दै न्यून आय भएका कामदारलाई लक्षित गरेर तलब तोकेको जनाएको छ । परिषद्ले विभिन्न वर्गका श्रम संगठन, समुदाय एवं रोजगारदातासँग विभिन्न चरणमा वार्ता गरेर तलब निर्धारण गरेको हो । परिषद्का अध्यक्ष पार्क जोन सुङले यो निर्णय मतदानद्वारा गर्नु दुर्भाग्यपूर्ण भए पनि श्रमिक र व्यवस्थापनको निणर्ायक प्रयासपछि सन् २०१२ को न्यूनतम तलब स्केलमा सहमति भएको बताए । ‘तलब निर्धारण गर्ने निर्णय घोषणा गर्न ढिलाइ भए पनि यो निश्चित हो र यसको कार्यान्वयनको घोषणा चाँडै भएर निम्नआय भएका कामदार लाभावित हुनेछन्’ अध्यक्ष सुङले भने । परिषद्ले निर्धारित तलब स्केल अन्तिम निर्णयका लागि रोजगार तथा श्रममन्त्रीसमक्ष पेस गरिने जनाएको छ ।

यसैबीच कोरिया सरकारले रोजगार अनुमति प्रणाली एपिएस मार्फंत रोजगारीका लागि त्यहाँ जाने नेपाली कामदारको थप गरेको छ । यसअघि यस वर्ष ७ हजार १ सय नेपाली कामदारको कोटा छुट्याएको कोरियाले तीन हजार वृद्धि गरी १० हजार पुर्याउने घोषण गरेको हो । इपिएसको भाषा परीक्षा लिन आएका नेपाल आएका कोरियाली मानव संशाधन विकास विभागका महानिर्देशक लिम क्विङ सिकेले कोटा थप्ने जानकारी नेपाललाई दिएका हुन् ।
यो वर्ष कोरियाली भाषा परीक्षामा ५० हजार भन्दा बढी सहभागी छन् । नेपाल र कोरियाबीच सन् २००७ मा श्रम सम्झौता भई रोजगार अनुमति प्रणालीअनुसार कामदार पठाउने सहमति भएको थियो । उक्त प्रणाली अन्तर्गत हालसम्म ८ हजार ८ सय नेपाली युवा कोरिया गइसकेका छन् ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्