Wednesday, July 27, 2011

१४ वर्षीय बालिका यौनशोषणबाट गर्भवती

विष्णु तिमिल्सिना (बर्दिया) बर्दियामा १४ वर्षीय बालिकामाथि भएको यौनशोषणबाट एक किशोरी गर्भवती भएकी छन्। उनी गर्भवती भएपछि जोखिममा परेकी छन्। जिल्लाको सदरमुकामदेखि करिब १० किलोमिटर पश्चिम पर्ने सानोश्री गाविस-४ गणेशपुर गाउँकी स्थानीय गुराँस उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १४ वषर्ीया किशोरीलाई सोही ठाउँका ६६ वषर्ीय बलबहादुर ज्ञवालीलले आफनो गर्भ रहेको स्वीकारेर बालिकालाई आफूसँगै राखेका छन्।
बालिकाको गर्भ ज्ञवालीको भएको थाहा पाएपछि स्थानीय गाउँलेहरूद्वारा दुवै परिवारलाई सामाजिक बहिष्कार गर्ने निर्णयगरेको थाहा भएको छ।
बालिकाका अभिभावकहरूले पीडक ज्ञवालीउपर आर्थिक प्रलोभनका कारण जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन इन्कार गरेपछि गाउँलेहरूले बहिष्कारको निर्णयगरेका हुन्। पीडित किशोरीलाई स्वास्थ्य उपचारका लागि गुलरियामा ल्याइएको छ। उनलाई कुनै अज्ञात स्थलमा सुरक्षित राखिएको कुरा महिला अधिकारसँग सम्बद्ध एक जना अधिकारकर्मीबाट जानकारी भएको छ। बाल कल्याण समिति तथा प्रहरी निकायसँग सर्म्पर्क गर्दा हाल ती किशोरीको कानुनी उपचारभन्दा पनि स्वास्थ्य सुरक्षा महत्त्वपर्ूण्ा भएको हुँदा यस सम्बन्धमा थप कुरा जानकारी गराउन नसकिने बताउनुभयो। पीडित किशोरीलाई गहना बनाइदिने प्रलोभनमा पारी जबर्जस्ती शारीरिक सर्म्पर्क गरी आठ महिनाको गर्भ रहेको किशोरीबाट थाहा भएको छ। गर्भ बोकेको थाहा पाएपछि किशोरीलाई मानसिक तनाव भएको छ। सोधपुछ गर्ने व्यक्तिहरूसँग उनले कुनै प्रतिक्रिया दिने गरेकी छैनन्।

पीडकलाई कानुनी कारबाही गराउन मानवअधिकारकर्मी तथा जिल्ला बालकल्याण समितिले पहल गरिरहे तापनि पीडकले पीडित परिवारलाई आर्थिक प्रलोभन दिएका कारण मुद्दा दर्ता हुन नसकेको बताइएको छ। 
साभार : नेपाल समाचार पत्रबाट   

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्