Wednesday, July 27, 2011

सपथ खुवाउने विषयमा प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष बीच भेटवार्ता

काठमाडौ १२ साउन, माओवादीबाट मन्त्रीमा प्रस्ताव गरिएकाहरुलाई सपथ खुवाउने विषयमा  प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । सरकारी निवास बालुवाटारमा भएको  दुइ पक्षिय भेटमा  राष्ट्रिय सहमति, शान्तिप्रक्रिया र संविधान निर्माणका विषयमा छलफल भएको बताइएको छ ।  भेटमा प्रचण्डले आज पनि मन्त्री फरेबदल गर्नु आफ्नो पार्टीको अधिकारभित्र पर्ने भन्दै त्यसले राष्ट्रिय सहमति निर्माणमा कुनै बाधा नपुग्ने धारणा दोहोर्‍याएको बुझिएको छ ।
यसअघि प्रचण्डले मंगलबार हाल आफ्ना पार्टीका ९ जना नयाँ मन्त्रीलाई मात्र समावेश गरी मन्त्रिमण्डल पुनर्गठन गर्न खनाललाई आग्रह गर्नुभएको थियो । माओवादी स्रोतका अनुसार प्रधानमन्त्री खनाल उक्त प्रस्तावप्रति सकारात्मक देखिनु भएको छ । माओवादीले आइतबार सरकारलाई समावेशी बनाउने भन्दै उपप्रधान गृहमन्त्री कृष्णबहादुर महरालाई फिर्ता बोलाएर नारायणकाजी श्रेष्ठको नेतृत्वमा १२ मन्त्री र १२ राज्यमन्त्रीसहित २४ जनाको टोली सरकारमा पठाउने निर्णय गरेको थियो ।

उक्त निर्णयले पाँचबुँदे सहमतिको उल्लङ्घन भएको भन्दै विपक्षी नेपाली कांग्रेसले ४ दिनयता लगारता संसद बैठक अबरुद्ध गर्दै आएको छ सत्त रुध एमाले स्थायी समितिले समेत मन्त्रिमण्डल पुनर्गठन गर्न अस्वीकार गर्ने निर्णय गरिसकेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्