सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार
·
कस्तो रहेछ माक्र्स जन्मेको ठाउँ ?

विश्व कम्युनिष्ट आन्दोलनका अगुवा कार्ल माक्स जन्मेको ठाउँ जर्मनी कम्युनिष्ट नेताहरुको लागै जानैपर्ने एउटा गन्तव्य मानिन्छ । हालै मात्र प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा पत्रकार सूर्य थापा त्यहाँ पुगेर र्फकनुभएको छ । विश्व कम्युनिष्ट आन्दोलनको व्याख्या विश्लेषणमा अभिरुची राख्ने थापाले कार्ल माक्र्सको जन्मस्थल कस्तो देख्नुभएको त ? प्रस्तुत छ अनलाइनखबरले पत्रकार थापासँग गरेको कुराकानी ।
·

कस्तो रहेछ माक्र्स जन्मेको ठाउँ ?
-बितेका दुई शताब्दीमा सिंगो संसारलाई सबभन्दा बढी प्रभावित गर्ने विश्वबिख्यात दार्शनिक कार्लमाक्र्स सन् १८१८ को मे ५ तारिखका दिन जन्मिनुभएको थियो । हामी बसेको होटलको अगाडिपट्टि नै अवस्थित रहेको कार्ल माक्र्स संग्राहलय पुग्दा मानिसहरुको चाप निकै कम भइसकेको थियो । सन् १७२७ तिर बनेको भएपनि १८१८को अपि्रल अर्थात् माक्र्स जन्मिनुभन्दा एक महिना अघि मात्रै उहाँका पिता हेनरी माक्र्सले आफ्नो परिवार र कानूनी कार्यलयका निम्ति यो घर भाडामा लिनुभएको थियो । माक्र्सको बाल्यकालका केही वर्षहरु यही बिते । उहाँ हेनरी माक्र्स र हेनरी प्रेसवर्गका नौं छोराछोरीमध्ये तेस्रो सन्तान हुनुहुन्थ्यो ।
केही बर्षपछि पिता हेनरी माक्र्सले चर्चित पोर्टानिग्रा (कालो ढोका) नजिकै एउटा मध्यमस्तरको घर किन्नुभयो र माक्र्सको अधिकांश बाल्यकाल त्यहीँ बित्यो । उक्त घर पनि हेनरीको मृत्युपश्चात् उहाँकी आमाले सन् १८५० मा बेच्नुभयो ।

माक्स जन्मिएको घरको स्वामित्वमा त्यसपछि पटक-पटक परिवर्तन भयो । र, अनेकपटक त्यसको मर्मतसंभार गर्दै स्वरुप परिवर्तन हुनु पनि स्वभाविकै थियो । सन् १९०४ मा सोसल डेमोक्र्याट ग्राफिक आर्टिष्ट फ्रेडरिक स्नेटरले यो घरमा नै माक्र्स जन्मिएको हो भन्ने पत्ता लगाएपछि १९२८ को अपि्रल २६का दिन सोसल डेमोक्रेटिक समाचार पत्र भोल्कस्वाच (VOLK SWACHT) ले गौरवका साथ सोसियल डेमोक्रेटिक पार्टी (एसडीपी)ले उक्त घर खरिद गरेको घोषणा गर्यो । तर १९३३ मा नाजीहरुले ‘सिज’ गरे । र, नाजीकालको अन्त्यसम्म नै यसलाई त्यसका जिल्लास्तरीय नेताको आवासका रुपमा प्रयोग गरियो ।
सन् १९४७ मा एसडीपीले यो घर पुनः प्राप्त गर्ने सफलता पायो । १९६८ मा फ्रेडरिक इबर्ट स्टिफटुङ्ग फाउण्डेसनको सहयोगमा मर्मत-संभार गरी माक्र्सको १५० औं जन्म जयन्तीका अवसरमा एसडीपीका पूर्व अध्यक्ष तथा संघीय गणतन्त्र जर्मनीका विदेशमन्त्री विली बर्नाटले ‘माक्र्सका जीवनी र कार्यहरु’ को प्रदर्शनीका रुपमा यसको उद्घाटन गरे ।
१९८३ मा माक्र्सको १०० औं स्मृति दिवस पारी ‘कार्लमाक्र्स हाउस’ का रुपमा यसको बिस्तार गरी पुनः उद्घाटन भयो । संग्राहलयलाई हालको स्वरुपमा सन् २००५मा पुनः व्यवस्थित गरिएको हो । हाल हजारौं मानिसहरु यस घरमा माक्र्सको जीवनी, विचार र कार्यहरु तथा उनको बाल्यकालीन परिवेश तथा परिवारको सम्बन्धमा अध्ययन र जानकारी लिन आउने गर्दछन् ।
· माक्सलाई सम्झाउने कुराहरु के के छन् त्यहाँ ?-ट्रियरको मूलचोक नजिकै डी-५४२९० मा करिब एक रोपनी क्षेत्रफलमा संग्राहलय रहेको छ । ‘म्युजियम कार्ल-माक्र्स -हाउस’ टि्रयरमा तीनतले घरमा व्यवस्थित छ । यसको भुइँतलामा चारवटा कोठा छन्, जहाँ पहिलो कोठामा टिकट काउन्टर, पसल व्यवस्थित छ । उक्त कक्षमा माक्र्ससँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, तस्बिरअंकित लकेट, वाइन, टिसर्टलगायतका सामग्रीहरु बिक्रीमा राखिएको छ । दोस्रो, कक्षमा माक्र्सको इतिहास निर्माणसँग सम्बन्धित सामग्रीहरु रहेका छन् । तेस्रो कक्ष कार्लमाक्र्सः लडाकु र अन्तरविरोधी व्यक्तित्वबारेका ऐतिहासिक सामग्रीहरु छन् । चौथो कक्षमा क्याफे रहेको छ ।
पहिलो तलामा सातवटा कोठा अवस्थित छन् । तीमध्ये ११ औं कक्षमा युवा माक्र्स, १२ कक्षमा राजनीतिक प्रचारक र दार्शनिक पक्ष, १३ औं कक्षमा- काक्र्सको जीवनको निर्णायक मोडः१९४८, चौधौं कक्षमा माक्र्सको निर्वासित जीवन, पन्ध्रौं कक्षमा राजनीतिक अर्थशास्त्रः आजीवन ध्येय, सोह्रौं कक्षमा कार्लमाक्र्स र मजदुर आन्दोलन तथा सत्रौं कक्षमा फ्रेडरिक एङ्गेल्स र माक्र्सवादसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरु राखिएको छ । तर, धेरैजसो सामग्री जर्मन भाषामा रहेको हुनाले विदेशी पर्यटकहरुका लागि कैयौं चिज मसिनोगरी बझ्न गाह्रो पर्दछ । तर सजावट हिसावले कम्युनिष्ट घोषणापत्र, पुँजीजस्ता ऐतिहासिक र विश्वबिख्यात रचनाहरुलाई निकै कलात्मकरुपमा प्रस्तुत गरिएको छ । वास्तवमा ती संग्राहलयका महत्वपूर्ण पुँजीका रुपमा रहेका छन् ।
संग्राहलयको दोस्रो तल्लामा जम्मा तीनवटा कक्ष छन् । ती मध्ये २१ औं कक्षमा मजदुर आन्दोलनको विभाजन र २२ औं कक्ष युरोपको विभाजनसँग सम्बन्धित तथ्य र सामग्रीहरुले भरिपूर्ण रहेका छन् । २३ औं कक्षमा विश्वभरि माक्र्सका बिचारहरुको प्रयोग बारेका सामग्रीहरु छन् । यो कक्ष अवलोकन गरिसकेपछि भुईतल्लातर्फ र्फकने व्यवस्था मिलाइएको छ । र, भुई तलामा घरको कम्पाउण्डसँगै रहेको पार्कमा माक्र्सका साधारण र मेटलका सरियाले बनेका प्रतिमा रहेका छन्, त्यहाँ तस्बिर खिचिरहँदा निकै आनन्दको अनुभूति हुन्छ । २१ जूनका दिन हामी पुग्नुभन्दा चार घण्टाअघि मात्रै उक्त संग्राहलय घुम्न भ्याउनुभएका नेकपा -एमाले) का पोलिटब्युरो सदस्य केशव बडालको अनुभूति छ – ‘जीवनमा एकपटक पुग्नै पाए हुन्थ्यो भन्ने मनमा उत्कट अभिलाषा थियो । त्यसदिन हामी दिउसो १२ बजे त्यहाँ पुग्यौं, तर ४० मिनेट मात्रै बस्दा र उहाँको शालिकसँगै तस्बीर खिचाउँदा निकै आनन्द लाग्यो ।’
संग्राहलय अपि्रलदेखि अक्टुबरसम्म मंगलबारदेखि आइतबार १० बजे खुल्छ र छ बजे बन्द हुन्छ भने मंगलबार १ बजे खुलेर ६ बजे बन्द हुने गर्दछ । नोभेम्बरदेखि मार्चसम्मचाहिँ मंगलबारदेखि आइतबारसम्म १० देखि १ र २ देखि ५ बजे तथा सोमबार २ देखि ५ बजेसम्म मात्रै खुल्ने गर्छ । बेलुका बन्द हुने समयभन्दा ३० मिनेट पहिले प्रवेश गरिसके पनि संग्राहलयको अवलोकन भ्रमण पूरा गर्न पाइन्छ । १ जनवरी तथा २४, २५, २६ र ३१ डिसेम्बरका दिन भने संग्राहलय पूरै बन्द हुन्छ । यससँग सम्बन्धित जानकारीका लागि www.museum-marx.haus.de मा पनि हेर्न सकिन्छ ।
· माक्सको लोकप्रियता र हेर्ने दृष्टिकोण कस्तो रहेछ ?
-२० जून २०११ का दिन जर्मनीको बोनमा हामी दुईजना -म र मीनबहादुर शाही) ले यात्रा योजना तय गरिरहँदा टि्रयरको किताबी ज्ञान मात्रै थियो । सामान्यतः जर्मनी पुग्ने हरेक कम्युनिष्टका लागि टि्रयर एउटा पुग्नैपर्ने गन्तब्यका रुपमा रहेको छ ।
हामी दुईजनामध्ये मीनजीले ट्रियर (आमरुपमा जर्मनीमा प्रचलित ट्रिया) को बारेमा बोनमै सुन्नुभयो र त्यहाँ पुग्ने मेरो उत्साहमा सहयात्री बन्नुभयो । हामी एकरात बोनस्थित विल्कन्सन होटलमा बसेर भोलिपल्ट जून २१ तारिखका दिन दिउसो रेलमा ३३/३३ युरो भाडा तिरेर टि्रया प्रस्थान गर्यौं । र, ५ बजे बोनबाटै बन्दोबस्त मिलाइएको होटल केशलरमा पुग्यौं । हामीले होटलको व्यवस्था गर्दा नै कार्ल माक्र्स हाउस नजिकै पार्न विशेष ध्यान दिएका थियौं । ऐतिहासिक नगरी ट्रियर पुग्न हामीलाई करिब दुईघण्टा लाग्यो । यो ठाउँबाट लक्जम्बर्गको सीमामा पुग्न ४० किलोमिटर मात्रै पर्दोरहेछ ।
एकजना विश्वप्रसिद्ध दार्शनिक र सिद्धान्तकारका रुपमा माक्र्सको उचो व्यक्तित्वलाई जर्मनहरुले आत्मसात र महत्वबोध गर्न सकेको महसुस हामीलाई त्यहाँ पुग्दा भएन । नयाँ पुस्तालाई त माक्र्सको बारेमा खासै थाहा नभएकोजस्तो अनुभूति भयो । यहीँनेर पुँजीवाद असाध्यै निर्दयी हुन्छ भन्ने पनि हामीलाई महसुस भयो ।
· बाहिरबाट मान्छेहरु माक्र्स जन्मेको ठाउँ भन्दै हेर्न जान्छन् , त्यहाँका जनतालाई चाहिँ माक्र्सको महत्व कस्तो रहेको पाउनुभयो ?
- त्यहाँ पुगेर सामान्य अध्ययन जानकारी प्राप्त गर्दा धेरै कम मानिसले मात्रै कार्ल माक्र्स हाउसको बारेमा थाहा भएको बताए । तर, माक्र्सको व्यक्तित्व वहाँ जन्मिएको ठाउँमा मात्र सीमित छैन । त्यहाँका मानिसले उहाँलाई बिशेषरुपमा सम्भिmनु नसम्भिmनुको पनि तात्विक महत्व हुँदैन । माक्र्सको दर्शन र सिद्धान्तका पछाडि सिंगो विश्व रहेको छ । त्यसमध्ये आधा आस्थाको हिसाबले र आधा प्राज्ञिक अध्ययनका निम्ति । किनभने आजसम्मको संसारको इतिहास वर्ग संघर्षको इतिहास हो । र, माक्र्सभन्दा अघिका दार्शनिकहरुले संसारको ब्याख्या मात्रै गरे, जबकि उहाँले संसार बदल्ने कुरामा जोड दिनुभएको छ । माक्र्सवादको सार पनि यही हो ।
आज आफ्नो विचारले दुनियाँलाई सवभन्दा धेरै प्रभावित गर्ने माक्र्सका सैद्धान्तिक, दार्शनिक योगदानहरुलाई कसैले उपेक्षा र निषेध गर्न सम्भवै छैन । टि्रयर त्यसको एउटा झलक वा सानो ऐना मात्रै हो, जहाँबाट माक्र्सको विश्व प्रसिद्ध व्यक्तित्व र कालजयी इतिहास सहजै नियाल्न सकिन्छ ।
· जर्मनीका जनताले अहिले माक्र्सलाई कुनरुपमा सम्झन्छन् ?
- दर्शन र सिद्धान्तको क्षेत्रमा कार्लमाक्र्सको योगदानका हिसाबले माक्र्स जन्मिएको घरमा व्यवस्थित गरिएको संग्रालय जर्मनीजस्तो विश्वको चौथो आर्थिक शक्ति तथा खुला समाजका हिसाबले निकै लघु प्रयाश हो भन्ने सहजै अनुभव गर्न सकिन्छ । संसारको आधा जनसंख्याको आस्थाका प्रतीक र आधा जनसंख्याको वैचारिक समर्थन नरहेपनि सम्मानका पात्र माक्र्सको विश्वविख्यात व्यक्तित्व र कृतिहरुको सापेक्षमा यो संग्रालय निकै साँघुरो रहेको छ । तर, जुन ऐतिहासिक घरलाई सुरक्षित गरी संग्राहलय व्यवस्थित गर्न जर्मनीको सोसियल डेमोक्रेटिक पार्टी, फ्रेडारिक इबर्ट स्टिफटुङ -एर्फइएस), तत्कालीन चिनियाँ प्रधानमन्त्री ह्वा को फेङ् आदिको योगदान निकै महत्वपूर्ण रहेको छ । यहाँ धेरै चिनियाँहरु घुम्न आउने गर्दछन् । फलतः टि्रयर चौकमै चाइनिज रेस्टुरेन्ट पनि निकै राम्रोसँग संचालित छ । जर्मन सरकारले चाहिँ माक्र्स र उहाँका योगदानहरुलाई निकै कम महत्व दिएको वा उपेक्षा नै गरेको अनुभव जो कसैलाई हुन्छ ।
· अन्यत्र कम्युनिष्ट राजनीतिको प्रभाव घट्दै गैरहेको भन्ने चर्चा चलिरहँदा त्यहाँ चाहिं कस्तो पाउनुभयो ?
- दुनियाँमा कम्युनिष्ट राजनीतिको प्रभाव घट्दै गएको भन्ने कुरा नै मिथ्या हो । सोभियत संघ र पूर्वी युरोपमा १९९० को दशकमा तत्कालीन कम्युनिष्ट सत्ताहरु ढल्न पुगेपछि कम्युनिष्ट राजनीति नै असान्दर्भिक भएको भनी दुश्प्रचार गर्नेहरुको संसारमा कुनै कमी छैन । पूर्वी जर्मनीको कम्युनिष्ट सत्ता पनि त्यतिबेलै ढलेको हो । शासन सत्ताका हिसाबले जर्मनी एउटा उदार पुँजीवादी मुलुक हो । तर के स्पष्ट छ भने जर्मनी वा अमेरिका र बेलायतलाई हेरेर दुनियाँमा कम्युनिष्ट राजनीति र विचारको प्रभाव कमजोर भएको भन्ने निष्कर्षमा पुग्नु गलत हुन्छ । डेढ अर्ब जनसंख्याको उदीयमान आर्थिक शक्ति चीनलाई पनि देख्नसक्ने हुनुपर्यो नि ! ल्याटिन अमेरिकाभरिको प्रगतिशील र वाम उभारलाई पनि त बिर्सन मिल्दैन । नेपालमै संविधानसभामा वामपंथीहरुको ६२ प्रतिशत बर्चस्व रहेको छ । यी केही दृष्टान्तले नै विश्वमा कम्युनिष्ट राजनीति घट्दो अवस्थामा रहेको भन्ने दुष्प्रचारलाई बुझ्न सकिदैन र !
sabhaar : www.onlinekhabar.com
sabhaar : www.onlinekhabar.com
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्