Tuesday, July 19, 2011

काठमाडौ प्रहरीले चार्ल्स मेन्डिजलाई पक्राउ गरेको छ

श्रावण ३ काठमाडौ ,  काठमाडौ प्रहरीले चार्ल्स मेन्डिजलाई पक्राउ गरेको छ । ठूला घराना र व्यसायीहरुसंग उठबस रहेका मेन्डिज विदेशी मूलका नेपाली नागरिक हुन् । उनलाई राजधानीका ठूला घरानाहरुले 'पावर ब्रोकर' को रुपमा चिन्छन । उनी धेरै समय होटल सोल्टीको सर्वाधिक मंहगो 'गोसाई कुण्ड सुइट' मा बस्ने गर्दथे । प्रहरीले मेन्डिजलाई मंगलबार राति अलक्जेण्डर बोरिसको उजुरीमा पक्राउ गरेको हो । मेन्डिजलाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो, उनले दिएका चेकहरु बैंकमा नसाटिएपछि बोरिसले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।' काठमाडौ प्रहरी प्रमुख केदार रिजालले भने । आर्थिक संकटमा परेकै कारण उनी केही समय यता काठमाडौ बाहिर बस्दै आएका थिए । हाल उनी हनुमानढोकास्थित हिरासतमा छन् ।
सानो गौचरणस्थित शुशिल पन्तको व्यवसायिक कम्लेक्समा 'संगम इन्स्टिच्यूट' नामको कार्यालय खोली उनी विभिन्न प्रकारको व्यवसाय गर्दथे .
रहस्यमय तरिकाले नेपालीलाई बेबकुफ बनाउने विदेशी राजधानीमा प्रशस्तै छन्। यीमध्यकै एउटा हो, संगम इन्स्टिच्युट र त्यसका सञ्चालक चार्ल्स मेन्डिज। निजी कम्पनीका रूपमा दर्ता भएको संगम इन्स्टिच्युट हेर्दा भाषा पढाउने एउटा मामुली शैक्षिक प्रतिष्ठान मात्र हो, तर मेन्डिजको कुरा सन्दा लाग्छ, संसारै संगमले चलाएको छ। उनी विदेशी राष्ट्राध्यक्षभन्दा घटीको कुरा गर्नै जान्दैनन्। संस्थाको उद्देश्य 'थिङ्क ट्याङ्क' उत्पादन गर्ने भनिएको छ, तर संस्थाको दर्ता नै गाँजेमाजे छ। संस्थामा जम्मा ३० स्टाफ छन्, तर टाट पल्टिएको हिसाब देखाएर तलब दिएका छैनन्। संस्थाका सल्लाहकार भनेर फ्रान्सका निम्ति पूर्वराजदूत केशवराज झा, प्रोफेसर आनन्द श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गुणनिधि शर्माहरूको नाम राखिएकोमा भर्खरै ती सल्लाहकारले राजीनामा दिए। कारण हो, वरिष्ठ भन्दै निश्चलनाथ पााडे र रतुवा जर्नेल दिलीपशमशेरहरूको नाम पहिलाका सल्लाहकारभन्दा माथि राखिएको।
 थुप्रै बैंकलाई तागेता गर्नुपर्ने हालतमा पुर्या्इदिएको छ। त्यसमध्येको हो, सनराइज बैंक, नेपाल मर्चेन्ट बैंक, एस डेभलपमेन्ट बैंक र कुमारी बैंक। उनको अफिसका सिइओ पुष्प अधिकारीले २७ महिनादेखि तलब पाएका छैनन्। पहिला क्रिश्चियन धर्मको प्रचार गर्ने मेन्डिजले पछि धर्म परिवर्तन गराएको कसुरमा ०४५ सालको अन्त्यमा उनी जेल पनि परेका थिए। जेलबाट छुटेपछि १८ वर्ष भारतमा बसे। स्थायी रूपमा नेपाल बस्न भनी उनी फर्किएको दुई वर्ष मात्र भएको छ। नेपाली पासपार्ट बोक्ने मेन्डिजकी आमा क्यानेडियन र बाबु भारतीय हुन्। पर्यटन प्रवर्द्धनका लागि उनका बाबुलाई राजा महेन्द्रले नेपाल ल्याएका थिए। ललितपुरको धोबीघाटस्थित चर्च बसेको घर उनकै बाबुको स्वामित्वमा थियो। त्यो घर उनले बिक्री गरी आजकल धापाखेलमा बस्न थालेेका छन्। उनको देखिने व्यापार खासै केही छैन। उनको पढाइ पनि त्यति धेरै छैन। मानार्थ डाक्टर उपाधि पाएका उनी डा. लेख्ने गर्छन्। तिब्बती र अमेरिकीबीच लिंक गराउनमा उनी माहिर मानिन्छन्। उनले नेवारी र नेपाली भाषा राम्रोसाग बोल्न जानेका छन्।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्